बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ जेसिजको पदस्थापन

बागलुङ जेसिजको पदस्थापन


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७९, बिहिबार

बागलुङ/ गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदीले देशको विकासमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । बागलुङ जेसिजजे आयोजना गरेको पदस्थापन कार्यक्रमलाई संवोधन गर्दै सुवेदीले देशका हरेक क्षेत्रमा युवाहरुको सहभागिता र सक्रियता सुनिश्चित गर्नुपर्ने बताए ।

परिवर्तित समयको मागलाई युवाहरुले मात्रै सम्बोधन गर्न सक्ने भएकाले युवा नेतृत्व बिकासको खाँचो रहेको उनको धारणा थियो । सुवेदीले समाजिक कामका लागि सकरात्मक भावनाले काम गर्ने जुनसुकै सामाजिक संस्थाहरुपनि सफल रहेको समेत बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले समाजमा सचेतना र क्षमता बिकासका क्षेत्रमा सामाजिक संघ संस्थासँग सहकार्य गर्न आँफुहरु सधैं तयार रहेको बताए । उनले युवाहरुको नेतृत्व बिकासमा जेसिजको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

बागलुङ जेसीजको नयाँ नेतृत्वका लागि पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जेसीज वर्ष २०२२ ले २०२३ को समितिलाई पदस्थापन गराएको हो । जेसीजको ४५ औ पदस्थापन कार्यक्रममा बर्ष २०२२ का कार्यवहाक अध्यक्ष आनन्दप्रसाद रेग्मीले बर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठलाई पदस्थापन गराएका थिए ।

बागलुङ जेसीजको २०२३ का लागि कार्यकारीणी उपाध्यक्षमा गणेश महतो र सुशान्तकृष्ण श्रेष्ठ चयन भएका छन् ।उपाध्यक्षमा सौरभ खत्री, सुलव खड्का, रुसन सापकोटा, प्रेमप्रसाद ढकाल, महासचिवमा अञ्जिला श्रेष्ठ, सह सचिवमा कुशल कँडेल, कोषाध्यक्षमा बलराम कँडेल, सहकोषाध्यक्षमा निकेश खड्का, निर्देशकमा रोहन जिसी र प्रतिभा केसी रहेका छन् ।

त्यसैगरी कानुनी सल्लाहकारमा आनन्दप्रसाद रेग्मी, शाखा सम्पादकमा रामचन्द्र गौतम, तालिम संयोजकमा सोनी कार्की, थिम डाइरेक्टरमा सुदीपसागर कँडेल, दिर्घकालीन कार्यक्रम बिकास संयोजकमा ताराप्रसाद शर्मा, जनसम्पर्क अधिकारीमा सुमन रेगामी, सदस्यता बृद्धि संयोजकमा सुरज शाक्य, कोष बृद्धि संयोजकमा विकास पौडेल र सांस्कृतिक विभाग संयोजकमा मनिष राजभण्डारी रहेका छन् ।
सो अवसरमा बिभिन्न बिधाका उत्कृष्टता र बिभिन्न अवार्ड पनि बितरण गरिएको थियो । कार्यक्रम कार्यवाहक अध्यक्ष आनन्दप्रसाद रेग्मीको अध्यक्षता, पूर्वअध्यक्ष सुरेन्द्र शाक्यको स्वागत र महासचिव गणेश महतोको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->