पोखरा / गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापाले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
यसअघि सरकारको प्रवक्ता सीताकुमारी सुन्दास थिइन् । गण्डकी मन्त्रीपरिषद्ले पूर्णता पाएसंगै रोशनले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । तर सो निर्णय भने सार्वजानिक गरिएको थिएन । उनी नेकपा एमालेबाट दोस्रो पटक निर्वाचन जितेर गण्डकी प्रदेश सभामा आएका हुन् ।





