बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

संस्थागत सुत्केरी गराउन सघाउँदै आमाहरु…

संस्थागत सुत्केरी गराउन सघाउँदै आमाहरु…


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०७९, आइतबार

बागलुङ/ छ सन्तानकी आमा भिममाया आजभोली विगत सम्झेर झसंग हुन्छिन् । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विकले सबै सन्तानलाई घरको कुनामा जन्म दिइन् । उमेरले ६० कटेकी उनले २० बर्ष उमेर नपुग्दै बिबाह गरिन् । बच्चा जन्माईन् ।

त्यतीबेला त्यस्तै थियो । सानैमा बिहे हुन्थ्यो, बालबच्चा पनि सानैमा जन्मिन्थे । गर्भावास्था र सुत्केरीमा केही भैहाले न उनलाई स्याहार्ने जानेबुझेका कोही थिए न स्वास्थ्य संस्था । थिए त केवल फुकफाक गर्ने धामीझाँक्री । त्यसैले उनलाई बिगतले झस्काउने गर्छ । तर उनका सन्तान जन्मिने बेला गम्भिर समस्या आएन् । कोही सन्तान जन्मिने बेला उनी खेतबारी त कोही सन्तान जन्मिने व्यथाले च्याप्दा घरगोठको काममा थिईन् ।

सासुले उनलाई काम गर्दागर्दै बच्चा जन्मिन्छ भनेर सम्झाउँथे । छ सन्तान जन्माउनु अघि उनले कहिल्यै गर्भ परीक्षण गनिन् । पहिलो कुरा पायकमा स्वास्थ्य संस्था थिएन् । दोस्रो, गर्भ परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि थिएन । कुनै बच्चा जन्मनु अघि स्वास्थ्यमा समस्या आउँदा र झारपुकमा विश्वास गरेर बसिन् । अहिले छोरीबुहारीलाई भने महिनाबारी रोकिएकै दिनदेखि गर्भ परीक्षण र स्वास्थ्यचौकीमा सुत्केरी हुन प्रोत्साहन गर्न थालेकी छन् ।

‘हाम्रा पालामा केही थिएन्, कोही थिएन त्यसैले दुःख पाईयो, भाग्यले बचायो’ बिकले भनिन् ‘अहिले भएका सुविधा किन नलिने, ज्यान जोखिममा किन राख्नु ।’ समय समयमा गर्भ परीक्षण, आईरन चक्कीको प्रयोग, पोषिलो खानेकुरा खानुपर्ने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुँदा जोखिम न्युनिकरण हुने सचेतना बिकमा छ । उनको गाउँमा घामपानी स्वास्थ्य आमा समुह छ । त्यहीं समुहमा सबै आमाहरु जम्मा हुन्छन् । आफ्ना छोरीबुहारी गर्भवती भएमा जानकारी गराउँछन् र स्वास्थ्य स्वयंसेविकाबाट सल्लाह लिन्छन् ।

घामपानी गाउँका आमाहरुले प्रजनन स्वास्थ्य तथा गर्भ, सुत्केरी अवस्थामा हुन सक्ने जोखिम र न्युनिकरणका उपायबारे जानकारी पाएका छन् । ‘हाम्रो पालामा स्वास्थ्य चौकी थिएनन, घरमै सुत्केरी हुन बाध्य थियौँ’ बिकले भनिन्– ‘सुत्केरी हुनु महिलाले अर्काे चोला पाउनु हो, स्वाथ्यचौकीमा सुरक्षित हुने रैछ ।’ स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुँदा तत्कालिन समयमा आउने सक्ने थप जोखिमहरु न्युनिकरणबारे उनीहरु सचेत छन् ।

स्वास्थ्य स्वयंसेविकाले भीममाया जस्तै अभिभावक र गर्भवती तथा सुत्ेकरीलाई स्वास्थ्य आमा समुहको बैठकमा गर्भावस्था र सुत्केरी अवस्थाको बिषयमा जानकारी गराउँछिन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सरकारले दिने सुविधा, आमा र बच्चाको ज्यान जोखिममा नपर्ने अवस्थाका बिषयमा समेत स्वास्थ्य आमा समुहमा छलफल हुन्छ ।

समुहमा आबद्ध उनीहरुले गर्भवती बुहारीलाई नियमित स्वास्थ्य जाँच र स्वास्थ्यचौकीमा सुत्केरी हुन प्रेरित गर्ने गरेको स्वास्थ्य स्वयंसेविका बिमिना परियारले बताइन् । उमेरले ६० कटेका बिक, कोपिला नेपाली, छमकुमारी कुँवर घामपानी गाउँका उदाहरण मात्रै हुन् ।

‘मेरा छ छोराछोरी छन्, उ बेला स्वास्थ्यचौकी थिएन्, कष्टले पाईयो, हुर्काइयो’ छमकुमारी कुँवरले भनिन्– ‘जमाना फेरीए, अहिले छोरीबुहारीले नै जानेका छन्, बुढापाकाले पनि सम्झाउँछौं ।’ घरमा हुने काममा समूहले बुहारीलाई सघाउने गरेको छ । नरेठाँटीमा घरमै सुत्केरी हुनेको संख्या सुन्य छ । कुपोषित बालबालिकासमेत अहिलेसम्म नभेटिएको नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख जगन्नाथ सुवेदीले बताए । बितेको एक बर्षमा स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा २८ जना स्वस्थ्य बच्चाको जन्म भएको थियो ।

घामपानी गाउँका जस्तै नरेठाँटीका सबै गाउँका गर्भवतीले नियमित गर्भ परीक्षण गराउने गरेका छन् । पोषणको बिषयमा पनि गर्भवती, सुत्केरी महिला र उनीहरुको परिवार सचेत रहेको सुवेदीले बताए । गलकोट नगरपालिकाले हरेक स्वास्थ आमा र बच्चाका लागि मापदण्डअनुसार गर्भ परीक्षण गरेका सुत्केरीलाई नेपाल सरकारले उपलब्ध गराउने गाडी भाडाबाहेक अतिरिक्त चार हजार पाँच सय रुपैयाँ पोषण भत्ता उपलव्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->