बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा बिभत्स हत्या भएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ न्वारमा व्यवसाय गर्दै आएकी गंगा देवि शेरचनको हिजो राती हत्या भएको प्रहरीले जनाएको छ ।
५८ बर्षिय शेरचन न्वारमा ३० बर्षदेखि एक्लै होटल संचालन गर्दै आएकी थिईन् । विहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानियले परिवार र परिवारले प्रहरिलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।
खबर पाए लगतै वामी प्रहरि चौकिबाट प्रहरी घटनास्थल पुगेको थियो । अहिले घटना स्थलमा गुल्मिका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलिले घटनाबारे अनुसन्धान गरिरहेको छ । ‘घटना हत्या भएको हाम्रो आशंका छ’ रानाभाटले भने,– ‘अहिले कुकुरको साहायताले अनुसन्धान हुँदै छ ।’ अविवाहित उनी एक्लै गंगा होटल संचालन गर्दै आएकी थिईन् । घटनाको थप अनुसन्धान भईरहेको रानाभाटले बताए ।
शनिबार साँझ उहाँको होटलमा अपरिचित तीन जना व्यक्तिहरु बास माग्न आएको स्थानीयले प्रहरीलाई बताएका छन् । उनीहरु बिहान निस्के ननिस्केको बिषयमा प्रहरीलाई जानकारी छैन् । गंगाको शव हातगोडा बाँधिएको, रगत लतपतिएको अबस्थामा रहेको रानाभाटले बताए ।





