पोखरा / कास्की प्रहरीले वेवारिसे अवस्थामा रहेका ७ सय ८७ थान वेवारिसे अवस्थामा रहेका सवारी साधन लिलामी गर्ने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहातमा रहेका प्रहरी चौकीमा थन्किएका उक्त सवारीहरुले अनावश्यकरुपमा ठाउँ ओगटेको र लामो समयसम्म पनि सवारी धनी पत्ता नलागेका कारण लिलामी गर्ने तयारी गरेको हो ।
कास्की प्रहरी प्रमुख अजय केसीले जारी गरेको सूचना अनुसार १५ दिनभित्र उक्त सवारीको स्वामित्व दाबी नगरेमा लिलामी गरिने छ ।
सोमबार एक सूचना जारी गर्दै स्वामित्व दाबी गर्न अनुरोध गरिएको हो । सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, २०७९ को परिच्छेद–३ दफा २० को उपदफा १ अनुसार लिलामी प्रक्रिया अघि बढाउन लागेको हो ।
वेवारिसे अवस्थामा रहेका सवारी स्वामित्व दाबी गर्दै प्रमाणित हुने कागजात ल्याएको खण्डमा सवारी धनिलाई हस्तान्तरण गरिने छ । त्यसो नभएको खण्डमा प्रहरीले लिलामी गर्नेछन् ।





