पोखरा/ पोखरा महानगरपालिका १३ काहुँखोलमा जलेर घाइते भएका दुई जनामध्ये संगीता सापकोटाको मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार भइरहेको संगीताको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सुवाष तिमिल्सिनाले जानकारी दिए ।
आइतबार विहान संगीताको घरमा भाडामा बसी स्टेसनरी संचालन गर्दै आएका कृष्ण बहादुर जलेका थिए । कृष्णको अवस्था भने सामान्य रहेको छ ।





