बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

श्रीमतीलाई निर्धात कुटपिट, अवस्था गम्भिर आर्थिक सहयोग गरिदिन छोरीको आग्रह

श्रीमतीलाई निर्धात कुटपिट, अवस्था गम्भिर आर्थिक सहयोग गरिदिन छोरीको आग्रह


  • विजय नेपाली
  • माघ १६ २०७९, सोमबार

पोखरा/पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा रक्सीको मातमा श्रीमतीलाई पिट्दा गम्भिर घाइते भएकी छिन् ।

पृथ्वीचोक बसपार्कमा रहेको कृष्ण टोलका विरबहादुर विकले श्रीमती हरिमाया विकलाई निर्घात कुटपिट गर्दा गम्भिर घाइते भएकी हुन् ।

आइतबार राती कुटपिट गर्दा घाइते भएकी हरिमायाको अवस्था गम्भिर रहेको र उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

विपन्न परिवारकी हरिमायाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हरिमायाकी जेठी छोरी मञ्जु परियारले आमाको टाउकोमा रगत जमेको र उपचारका लागि बाहिरबाट औषधि किन्ने रकम नभएको सुनाइन् ।

उनका अनुसार अहिलेसम्म अस्पतालले निःशुल्क उपचार गरिरहेको छ । ‘अस्पतालले हामीले गर्नुपर्ने गरेका छौ तर बाहिरबाट औषधि ल्याउनुप¥यो भने तपाईँहरुले ल्याउनुपर्छ भनेको छ ।

अवस्था गम्भिर छ हामी काम गरेर छाक टार्नेले अब औषधि किन्न परे कहाँबाट रकम ल्याउने’ उनले भनिन,‘बाहिरबाट औषधि ल्याउप¥यो भने हामीले आमालाई बचाउन सक्दैनौ । चाहेर पनि सक्दैनौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->