बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

थापा दम्पत्तीलाई उपचार खर्च सहयोग

थापा दम्पत्तीलाई उपचार खर्च सहयोग


  • विकास जिसी
  • माघ १७ २०७९, मंगलबार

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराका हर्कबहादुर थापा र उनकी श्रीमती उजेली थापाको उपचारका लागि गुहेली सञ्चार सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । सहकारीले उपचार खर्च सहयोग अभियान सञ्चालन गरेर जम्मा गरेको एक लाख २१ हजार ७ सय रुपैयाँ थापा दम्पत्तिको परिवारलाई हस्तान्त्रण गरेको हो ।

आफ्नै घरको सिँडीबाट लडेर घाइते भएका हर्कबहादुरको करङ भाँच्चिएर गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने उच्च रक्तचापपछि टाउकोको शल्यक्रिया गरेकी उजेलीको काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेको छ । लामो समयदेखि देशका ठूला शहरका अस्पतालहरुमा उपचार गराइरहेका थापा दम्पत्तीको उपचारमा खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि अपिल गरेको थियो ।

मध्यम परिवारका थापा दम्पत्ति दुवैजना गत मंसिर दोस्रो सातादेखि अस्पतालको शैयामा छन् । परिवारले मात्रै उपचार खर्च जुटाउन नसकेपछि सामाजिक क्षेत्रबाट उनीहरुलाई बचाउनका लागि आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो । देश विदेशमा रहेका दाताहरुबाट प्राप्त भएको सहयोग रकम एकमुष्ट थापाकी नातीनी रोशनी थापा कार्कीलाई उपलव्ध गराइएको सहकारीका अध्यक्ष खिमबहादुर कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->