बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा एक पुरुषले गरे आत्मादाहाको प्रयास

बागलुङमा एक पुरुषले गरे आत्मादाहाको प्रयास

घाईते जिसीलाई थप उपचारको लागि पोखरा पठाईयो ।


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०७९, बुधबार

बागलुङ/ बागलुङमा एक व्यक्तिले आत्मादाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ बर्षिय शेरबहादुर जिसीले आँफैलाई जलाउने प्रयास गरेका हुन् ।

उनले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । घरमा कोही नभएको मौका पारेर आत्मादाहाको प्रयास गरेका जिसीलाई घाईते अबस्थामा भेटेपछि धौलागिरी अस्पताल बागलुङ ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको धौलागिरी अस्पतालमा समान्य उपचारपछि पोखराको गण्डकी मेडिकल कलेज पठाईएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले बताए ।

बुधबार विहान करिव ११ः३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->