बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धौलागिरि बहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव

धौलागिरि बहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७९, बिहिबार

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ । त्रिभूवन विश्व विद्यालय शिक्षा संकायका डिन प्रा. डा चित्रबहादुर बुढाथोकीले बार्षिकोत्सवको उद्घाटन गरे ।

उनले नेपालको उच्च शिक्षालाई गुणस्तरीय बनाउने अभियानमा राज्यको लगानी अभाव भएको बताए । उनले त्रिविले भरमग्दुर प्रयास गरेपनि बजेट अभाव भएको, भएको बजेटले अध्ययन अनुसन्धानमा लगाउन नसकेको तथा कैयौं क्याम्पसमा खुलेका नयाँ संकायलाई संहाल्न नसकेको बताए ।

उनले विश्व विद्यालय अनुदान आयोगबाट आउने बजेटबाट आंगिक र अन्य क्याम्पसको गुणस्तर सुधार्न पहल भने भएको बताए । उनले धौलागिरि बहुमुखी क्याम्पसलाई अझै व्यवस्थित बनाउने अभियानमा समुदायले खेलेको भूमिकाको प्रसंसा गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले वार्षिक प्रतिवेदन र संचालक समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुतीको क्रममा प्रमुख उपाध्यायले शैक्षिक कार्यक्रम, बिद्यार्थी विवरण प्राध्यापक र कर्मचारी बिवरण तथा भए गरेका कामको प्रगती प्रस्तुत गरेका थिए । उपाध्यायका अनुसार क्यामपसमा २ हजार३ सय ३६ बिद्यार्थी अध्ययनरत रहेका छन् । ती मध्ये छात्रा १ हजार ६ सय ५ जना अध्ययन गर्दा छात्र भने ७ सय ३१ मात्रै छन् । अर्थात आधाभन्दा धेरै बिद्यार्थी छात्रा रहेको देखिएको हो । सबैभन्दा धेरै बिबिएस तर्फ १ हजार ७५ जना बिद्यार्थी अध्ययनरत रहेकोमा त्यहाँ पनि ६ सय ९९ जना छात्रा र ३ सय ७६ जना छात्र छन् ।

अध्यक्ष थापाले भने क्याम्पसले गुणस्तर सुधार गरी उत्तिर्णदरमा वृद्धि गर्ने लक्ष सुनाएका थिए । हाल यहाँ ३५ प्रतिशत बिद्यार्थी उत्तिर्ण हुने गरेको तथ्यांक छ । ती मध्ये अधिकांस समुदायबाट संचालित संकायमा उत्तिर्ण दर उच्च छ भने सरकारी तहबाट संचालित संकायमा न्युन उत्तिर्णदर छ । अनुमति दिएर साधन श्रोत तथा दक्ष जनशक्ती त्रिविले नदिएकोले क्यामपसले आन्तरिक श्रोतबाट संचालन गनुृ पर्दा आर्थिक व्ययभार बढी भएको उनले बताए । तरपनि आगामी बर्ष नविनतम शिक्षण विधि अपनाएर गुणस्तर सुधार गर्ने उनले योजना सुनाए ।

त्रिविका अधिकांस क्याम्पसमा उत्तिर्णदर २५ प्रतिशत भएकोमा यहाँ ३५ प्रतिशत देखिएकोले त्यो भएपनि राम्रो मान्नुपर्ने थापाको भनाइ थियो । बिबिएमा चारबर्षदेखि गण्डकी प्रदेशमै उत्कृष्ठ नतिजा आउने गरेको छ । गत बर्षको परीक्षामा धौलागिरि क्यामपसकै प्रतिक्षा गौतम गण्डकी प्रदेशमा उत्कृष्ठ भएकी थिइन् । गुणस्तर सुधार गर्न स्वतन्त्र बिद्यार्थी युनियनले परीक्षा संचालन देखि अन्य व्यवस्थापनमा सहयोग गरेको सभापति मनिष थापाले बताए । उनले आफ्नो कार्यकाललाई स्मरण योग्य बनाएर बिद्यार्थीको गुणस्तर सुधारमा सहयोग गर्न पाएको बताए । त्रिविको परीक्षा कुर्दा बर्षदिन लाग्ने भएकोल स्ववियुको व्यवस्थापनले थप सहयोग पुगेको थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष प्राडा दिनबहादुर थापाको अध्यक्षता सहायक प्रमुख हिरालाल रेग्मीको संचालन, अर्का सहायक प्रमुख हरिप्रसाद पाण्डेयको स्वागतमा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पूर्व स्ववियु सभापतिहरु, बिद्यार्थी प्रतिनिधि तथा बिद्यार्थी संगठनका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । उक्त अबसरमा सातादेखि संचालित खेलकुँद प्रतियोगिताका प्रतियोगि तथा बिजयी खेलाडीलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->