बागलुङ/काठेखोला गाउँपालिका ५ बिहुँकोटको रामकोट मन्दिर र यहाँको संस्कृत पाठशाला पुग्ने गरी छोटो पदमार्ग बनाइएको छ ।
घुमाउरो सडक बाटा यात्रा गर्नुपर्ने बाध्यता सिंढीमार्गले छोटो र आर्कषक बनाएको छ । यो सिंढीमार्गबाट हिमाली दृश्य हेर्दै यात्रा गर्न सकिन्छ । पाठशालामा पढ्न जाने बिद्यार्थीलाईपनि सहज भएको छ ।
रामकोट शिवालय मन्दिर, देखि दहपानी हुँदै घोडाबाँधे सम्म यो सिंढीमार्ग बिस्तार गर्ने तयारी भएको छ । केही खण्डमा काम सकिएको छ केही स्थानमा काम भैरहेको हो । मोटरबाटोले पुरिएका पैदल बाटो संरक्षण गर्दै आर्कषक बढाउने र छोटो यात्रा गर्न सिंढीमार्ग उपयोगी भएको स्थानीय जमुना सापकोटाले बताइन् ।
‘सिंंढीमार्ग काम बिशेषले हिड्नेलाई छोटा र पर्यटक आर्कषण गर्ने खालको बनेका छन्’ सापकोटाले भनिन्, ‘बिदेशमा बसेका युवाको सक्रियतामा बनेको यो काममा स्थानीयले पनि साथ दियौं ।’ यहाँ ताराखोलाका ढुंगा ल्याएर पक्की सिंढी मार्ग बनाएपछि आउजाउ गर्न पनि सहज भएको उनले बताइन् ।
हटिया देखि शिवालय मन्दिर पुग्न यस अघि ५ किमी लामो र घुमाउरो सडक १ किमीमै छोटो हुनेगरी सिंढी बनेको हो । बिहुँबाट जापान गएर बसेका युवाले रकम संकलन गरेर १ किमी लामो पदमार्ग निर्मण गरेको स्थानीय गोबिन्दप्रसाद कंडेलले बताए । पदमार्गकालागि पहिलो चरणमा स्थानीयले गाउँपालिकामा सहयोग मागेका थिए । गाउँपालिकाले २ लाख मात्रै दिएपछि युवाहरुले ७० लाख रकम संकलन गरेर पदमार्ग बनाएका हुन् । स्थानीयले ढुंगा खेप्ने र माटो खन्ने काममा श्रमदान समेत गरेका थिए ।
यो काम बनेपछि स्थानीयले अन्य पुराना गोरेटापनि संरक्षण र मर्मत गरेका छन् । यो मार्गले सबैभन्दा धेरै रामकोटमा संचालित प्रमानन्द बेदबेदांग संस्कृत पाठशालामा पुग्न सहज भएको छ । देवघाटधामका पिठाधिस ज्ञानानन्द सरस्वती समेत बेलाबेला आएर बस्ने भएकोले धार्मिक भेला, मेलामहोत्सव तथा महायज्ञहरु संचालन गरिन्छ । त्यसकालागि सयौं मानिस आउने जाने गर्दा पदमार्ग सहज बनेको हो ।
पूर्वउत्तरमा माछापुच्छ्रे हिमाल, अन्नपूर्ण ऋखला र धौलागिरि हिमाल समेत देखिने भएकोले यो पदमार्ग पर्यटकीय दृष्टीले महत्वपूर्ण भएको स्थानीय ज्ञानु श्रीषले बताइन् । ‘यो पुरानो हुलाकी मार्गपनि हो, अहिले झन् सोझो र रमणीय बन्यो’ श्रीषले भनिन्, ‘सडक मार्ग खुलेकोले हुलाकी मार्गमा चहलपहल घटेको छ ।’ सदरमुकाम बागलुङ बजारदेखि गलकोट हुँदै बुर्तिवाङ सम्म पुग्ने पैदल यात्री पहिला बिहुँको बाटो हिड्थे । वडा नं. ५ र ६ रहेको बिहुँकोटका दुवै वडा अध्यक्षले सिंढीमार्गलाई जोड दिएका थिए ।
यी दुइ वडामा मध्यपहाडी लोकमार्गको १९ किमी लामो खण्ड पर्छ । घुमाउरो भएकोले लोकमार्गमा भन्दा पदमार्गमा यात्रा गर्न सकिने बनाउने वडा नंं ६ का अध्यक्ष वृहस्पति कंडेलले सुनाए । रामकोट देखि रिजालचोक पुग्न दहपानी सम्म पनि पुरानो पदमार्ग छ । उक्त पदमार्ग प्रयोग गरेर बिद्यार्थी अमर माबिमा पढ्न आउने गरेको प्रअ भिष्म कंडेलले बताए । यो मार्ग बनेपछि टोलटोलमा पनि ताराखोलाका ढुंगा ल्याएर आर्कषण सिंढी मार्ग बनाउने क्रम बढेको छ । घुमाउरो सडक भएकोले पैदल यात्रा गर्न यस्ता सिंढी उपयोगी भएका छन् ।





