बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ बजारको समीक्षालयमा सफाइ

बागलुङ बजारको समीक्षालयमा सफाइ


  • सृष्टि पौडेल
  • माघ २० २०७९, शुक्रबार

बागलुङ/बागलुङ नगरपालिकाको अगुवाइमा विभिन्न युवा क्लब तथा सामाजिक संस्थाले शुक्रवार बजार सफाइ गरेका छन् । संयुक्त चार युवा क्लब, चिप्लेटी युवा क्लब, बागलुङ आइटिएफल हाइकर्स युनाइटेड, नेपो आदर्श टोल सुधार समिति समेतको सक्रियतामा कार्यक्रम गरिएको हो ।

बागलुङ नगरपालिका वडा नंं २ को समीक्षालय पार्क, ट्राफिक चोक तथा आसपासको क्षेत्रमा जमेको फोहोर सफाइ गरिको बानपाका उपप्रमुख राजु खड्काले बताए । लामो समय देखि जमेको धुलो र प्लाष्टिक जन्य फोहोरको सफाइ गरिएको उनले बताए ।

यो सफाइपछि बजार क्षेत्रका अन्य टोलमा पनि स्थानीयलाई बेलाबेला सफा गर्न सुझाएको उनले बताए । घरघरमा सफाइ गर्ने अभियान चलाएमा बजार क्षेत्र स्वच्छ हुने भन्दै क्लबका युवाहरुले पनि अभियान चलाउने बताए । उक्त अबसरमा खड्काले सहभागिलाई धन्यवाद दिएका थिए । नगरपालिकाको दमकलमा पानी ल्याएर फोहोर जमेको सडक पनि पखालिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->