बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पल शाहको मुद्दामा ‘झगडिया’ झिकाउन उच्च अदालत पोखराको आदेश

पल शाहको मुद्दामा ‘झगडिया’ झिकाउन उच्च अदालत पोखराको आदेश


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०७९, सोमबार

पोखरा /उच्च अदालत पोखराले बाल यौन दुरुपयोगको अभियोगमा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दामा प्रत्यर्थी (झगडिया) झिकाउने आदेश गरेको छ ।

उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

अभिनेता पल शाहविरुद्ध नाबालिगललाई जबर्जस्ती करणीको मुद्दामा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग ठहर गर्दै साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

उक्त फैसला विरुद्ध शाह र जिल्ला सरकारी वकिलको कार्यालयले पोखरामा पुनरावेदन गरेका थिए । ‘प्रत्यर्थी झिकाउने भनेको मुद्दामा एक पक्षले गरेको पुनरावेदनको जानकारी अर्कोलाई पठाउने हो,’ उपरजिस्ट्रार आचार्यले भने ।

शाहविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा परेको थियो । तनहुँ अदालतको फैसला भनेको आइसकेको छैन । उनी तनहुँ कारागारमा थुनामा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->