बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७९, मंगलबार

पोखरा / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश १, वागमती, गण्डकी, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->