बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

समय सकिएपछिपछि आप्रवासन कार्यक्रम निरन्तरता दिने

समय सकिएपछिपछि आप्रवासन कार्यक्रम निरन्तरता दिने


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७९, बुधबार

बागलुङ/सुरक्षित आप्रवासन कार्यक्रम तथा भावी योजना सम्बन्धी स्थानीय सरकारका पदाधिकारी सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामी परियोजनाको आयोजनामा भएको कार्यक्रममा कार्यक्रम लागू भएका ४ पालिका तथा नभएका पालिकाका प्रमुख समेत सहभागि थिए । परियोजनाको समय सकिएपछि पनि पालिका तहमा कार्यक्रम निरन्तरता दिने बिषयमा छलफल भएको हो ।

उक्त अबसरमा बैदेशिक रोजगारीमा गएका मानिसको सुरक्षामा सबै पालिकाले चासो बढाउनुपर्ने बताइएको थियो । कार्यक्रम लागू भएपनि आगामी २०८१ सालको असारपछि फेजआउट हुने भएकोले ती कार्यक्रमलाई पालिकाले अपनत्व लिनुपर्ने परियोजनाको आप्रवासी श्रोत केन्द्रका संयोजक मीनप्रसाद उपाध्यायले बताए ।
कर्यक्रममा परियोजनाका भक्त राइ, शिव रेग्मी समेतले प्रस्तुतीकरण गर्दै पालिकाले आजैदेखि योजना बनाएर श्रोत केन्द्र संचालनको थालनी गर्न आग्रह गरिएको थियो ।

त्यसकालागि पालिकाहरुले कम्तिमा बार्षिक ११ लाख रुपैयाँ लगानी गर्नुपर्ने प्रारम्भिक अध्ययन प्रतिवेदन प्रस्तुत भएको थियो । परियोजना बागलुङ, गलकोट र जैमिनी नगरपालिका तथा काठेखोला गाउँपालिकामा संचालित छ । परियोजना लागूनभएपनि यो बिषयले गम्भिर बनाएको भन्दै बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आफनै लगानीमा भएपनि कार्यक्रम संचालनको आबस्यकतामाथी जोड दिइन् । कार्यक्रममा कार्यक्रम लागू नभएपनि तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाका प्रतिनिधि पनि सहभागि थिए ।

केन्द्रका अनुसार चालुबर्षको पुस मसान्त सम्ममा ७ हजार ६ सय ४१ जनालाई परियोजनाले परामर्श दिएको बताइएको छ । बैदेशिक रोजगारीमा जाँदा सिप नसिकी गएमा हुने मृत्यु तथा अन्य समस्या र परिवारमा आउने बिचलन बारे परियोजनाले परामर्श, आवस्यक तालिम र राहत बितरण समेतका काम गर्दै आएको संयोजक उपाध्यायले बताए । कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता र योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->