बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पालिका र जिल्ला कार्यालयबीच समन्वय आवश्यक

पालिका र जिल्ला कार्यालयबीच समन्वय आवश्यक


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७९, बुधबार

बागलुङ/जिल्ला समन्वय समितिको आयोजनामा जिल्लामा रहेका सघिय र प्रदेश कार्यालय तथा स्थानीय तह र समन्वय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा संघिय र प्रदेश कार्यालयको बजेट, नीति र कार्यक्रम बारे पनि प्रस्तुतीकरण सम्पन्न भएको छ ।

जिल्लामा संंचालन हुने बिकास निर्माण, कृषि, पशु र वन लगायतका कार्यक्रममा दोहोरोपना हटाउने उद्धेश्यले यो अन्तरक्रियात्मक बैठक राखिएको समन्वय प्रमुख अमर थापाले बताए । उनले जुनसुकै संस्थामार्फत काम भएपनि जनताको सेवामा हुनुपर्ने र दोहोरोपना हुन नहुने बताए ।

कतिपय काम दोहोरोपनाका कारण बेरुजु हुने, अनियमिततामा जोडिने तथा दोहोरो पनाका कारण काम नगरी भुक्तानी हुने समस्या समेत देखिएकोले सबै काममा समन्वय आवस्यक भएको बताए । सबै सरकारी कार्यालयलाई आफ्नो काम र योजना समन्वय समितिमा जानकारी गराउन र भएका प्रगती देखाउन थापाले निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा संघिय र प्रदेश कार्यालयका प्रमुखले बार्षिक स्विकृत कार्यक्रम र बजेट बारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सहभागि भएका पालिकाका प्रमुख प्रशासकीय अधिकृतले पनि आफ्नो पालिकाभित्र अन्य कार्यालयको बजेटबाट संचालित कार्यक्रममा दोहोरो पना नगरी काम गर्ने बताए ।

पालिकाका प्रमुखहरुले कार्यक्रम तयार गर्दा कार्यालयहरुले समन्वय नगरेको टिप्पणी गरेका थिए । उक्त अबसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले हरेक योजना बनाउँदा सबैको बजेट र कार्यक्रम पत्ता लगाउन सकिएन भने काम नगरी भुक्तानी हुने खतरा बढ्ने बताए ।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले करोडौंको जंगल फडानी भएको घटनामा वन कार्यालय मौन बस्ने, तर सामान्य बिकास निर्माण गर्दा केही रुख काट्नु पर्दा कार्यालय बाधक हुने प्रवृत्ति अन्तय गर्न माग गरिन् ।पछिल्लो समय पुल तथा सडक र सार्वजनिक महत्वको बिकास निर्माणमा रुख कटान गर्न नपाएर हैरानी भएको समेत सहभागिको धारणा थियो । त्यसकालागि समन्वय आवस्यक भएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->