बागलुङ/ जिल्लामा कार्यरत प्रहरीलाई आरामदायी विस्तारको लागि ‘एक प्रहरी, एक म्याटे«स’ वितरण गरिएको छ ।
जिल्लाका दश स्थानीय तहको सहकार्यमा एक जना प्रहरीलाई एक आरामदायी विस्तारा उपलब्ध गराउने अभियान अन्र्तगत पहिलो चरणमा ३८९ थान म्याट्रेस वितरण गरिएको हो । प्रहरी कर्मचारीलाई आरामदायी सुताईमा सहयोग पु¥याउने उद्देश्यले म्याट्रेस वितरण अभियान सुरु गरेको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।
पहिलो चरणको अभियानमा बागलुङ नगरपालिकाले एक सय, गलकोट नगरपालिकाले ४५, ढोरपाटन नगरपालिकाले २५ थान, जैमिनी नगरपालिकाले ३० थान, बडिगाड गाउँपालिकाले ३५ थान, काठेखोला गाउँपालिकाले ३५ थान, तमानखोला गाउँपालिको १८ थान, ताराखोला गाउँपालिकाले ३० थान, निसीखोला गाउँपालिकाले ३६ थान र बरेङ गाउँपालिको ३५ थान गरी कुल तीन सय ८९ थान म्याट्रेस सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले बताए ।
स्थानीय तहबाट प्राप्त विस्तारा सम्बन्धीत स्थानीय तहको प्रहरी चौकीमा वितरण गरिएको छ । जिल्लामा कार्यरत सबै प्रहरी कर्मचारीलाई म्याटे«स उपलब्ध गराउने अभियान निरन्तर सञ्चालन हुनेछ । उक्त कार्यक्रम सञ्चालन भए पछि सबै चौकीसम्म कार्यारत प्रहरीले सुत्नका लागि आरामदायी विस्तारा पाएका हुन ।
कार्यालयले हरेक प्रहरीका लागि एक थान आरामदायी म्याटे«स वितरण गरेको हो । जवानेदेखि सबै कर्मचारलाइएक थान म्याटे«स हस्तान्तरण गरिएको छ ।
प्रहरी कार्यालयका कतै काट नहुने, खाट भए पनि विस्तार राम्रो नहुने जसको कारण सुरुमा खाटको व्यवस्था गरी विस्तरा दिने योजना बनाएको ज्ञवालीले बताए । म्याट्रेस पाए पछि चिसो मौसममा पनि प्रहरीहरु आरामदायी तरिकाले सुत्न सक्नेछन ।
प्रहरी सरुवा हुँदा आफुले प्रयोग गरेका विस्तारा बेकेर लैजानु पर्ने बाध्यता रहेकामा यो कार्यक्रम लागु भए पछि जिल्लामा आउने प्रहरीलाई सहज हुनेछ । कुनै पनि प्रहरी कर्मचारी सरुवा भएर जाँदा आफ्ले प्रयोग गरेको म्याटे«स लैजान पाउने छैनन् । नयाँ आउने कर्मचारीले आफ्नो विस्तारको बन्दोवस्ती गर्नुपर्ने झण्झट हटेको छ ।
‘प्रहरीले आफ्नो सुरक्षा गर्न सकेन जनताका सुरक्षा गर्ने हो’ बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले भने–‘नागरिकको सुरक्षामा खट्ने प्रहरीको सुरक्षा गर्नु हाम्रो दायित्व हो ।’
सरकारले प्रहरी कर्मचारीलाई उपलब्ध गराउने सेवा सुविधा आधारभुत तहको पनि नभएको उल्लेख गर्दै बडिगार्ड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले प्रहरी चौकीको स्तरवृद्धि, दैनिक उपयोग्य सामाग्रीको उपलब्धता जस्ता विषयमा स्थानीय तहले सहयोग गर्दै आएको बताए ।





