बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आँखा शिविरमा ५३८ जनाको उपचार

आँखा शिविरमा ५३८ जनाको उपचार


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७९, शुक्रबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकमा सञ्चालित आँखा शिविरबाट ५ सय ३८ जना लाभान्वित भएका छन् । शिविरमा ३ सय ३८ विद्यार्थी र २ सय सर्वसाधारणले आँखा परीक्षण गराएका हुन् ।
आँखाको परीक्षण गरिएकामध्ये ७९ जनामा नजिक तथा टाढाको नदेख्ने समस्या देखिएको थियो । उनीहरुलाई निशुल्क चस्मा उपलव्ध गराईएको थियो ।

२ जना बिरामीमा गम्भीर प्रकृतिको आँखाको समस्या देखिएकाले शल्यक्रियाका लागि हिमालयन आँखा अस्पताल पोखरा पठाइएको नेपाल रेडक्रस सोसाइटी दमेक उपशाखाका अध्यक्ष होमनाथ शर्माले बताए । ६ जना बिरामीको थप जाँचका लागि धौलागिरी आँखा अस्पताल पठाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी दमेक उपशाखाको आयोजना, वडा नं. २ को सहयोग र धौलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै नेत्र ज्योती संघ बागलुङका सभापति भरत पुरीले आँखा जस्तो संवेदनशील अंगको बेलाबेलामा जाँच गरिरहनुपर्नेमा जोड दिए ।

जैमिनी नगरपालिका–२ का वडा अध्यक्ष प्रेम प्रसाद सापकोटाले वडा कार्यालय नागरिकको स्वास्थ्यमा जिम्मेबार रहेको बताए । उनले हरेक वर्ष आँखाको समस्या पहिचान र उपचारका लागि शिविर आयोजना गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->