बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रहरी निरीक्षक भुपेन्द्र गिरी उत्कृष्ट प्रहरी घोषित

प्रहरी निरीक्षक भुपेन्द्र गिरी उत्कृष्ट प्रहरी घोषित


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७९, शुक्रबार

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी निरीक्षक भुपेन्द्र गिरीे उत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा गिरीलाई पुस महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषण गरेको हो ।

प्रहरी निरीक्षक गिरीले सांगठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशिल तथा व्यवसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०७९ अनुसार उत्कृष्ट घोषण गरेको प्रहरी उपरीक्षक दयाधिनी ज्ञवालीले जानकारी दिए ।

मानवस्रोत व्यवस्थापन शाखामा कार्यरत प्रहरी निरीक्षक गिरीले बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ, बागलुङ बैकर्स एसोसियसन बागलुङसँग समन्वय गरी करिव २५ लाख बराबरको स्रोत व्यवस्थापन गरी १३४ वटा सिसिटिभी जडानको लागि नक्साङकनको काम सम्पन्न गरेको एसपी ज्ञवालीले बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङको आर्थिक बर्ष ०७९/०८० मा निर्धारण गरेको प्रहरी आवास सुधार कार्यक्रम अन्तर्गत ‘एक प्रहरी एक म्याटे«स’को अवधारण कार्यान्वयन गर्न प्रहरी निरीक्षक गिरीले जिल्लाका सबै स्थानीय निकायसँग समन्वय गरी २४ लाख बराबरको ३७९ थान म्याटे«स व्यवस्थापन गरेका थिए ।

उनले पौष महिनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुव्र्यसन नियन्त्रण, ट्राफिक सचेतना अभिवृद्धि, महिला हिंसा न्युनिकरण लगायतका २७२ वटा कार्यक्रम सञ्चालन, विभिन्न मुद्दामा फैसला भई सम्मानित अदालतबाट फरार घोषित सात जना फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यान्वयनमा भूमिका खेलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->