बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाडमा सरकारी मोटरसाइकल दुरुपायोग, एकको ज्यान गयो

बडिगाडमा सरकारी मोटरसाइकल दुरुपायोग, एकको ज्यान गयो


  • अनिष पाठक
  • माघ २८ २०७९, शनिबार

बागलुङ/ गत मंसिर २७ गते मंगरबार साँझ बडिगाड गाउँपालिका-६ ठूलाबेसीमा मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी चालक वडा सदस्यसमेत रहेका दुर्गाराज पाइजा घाइते भए ।

मुख र निधारमा गहिरो चोट लागेका पाईजाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा सामान्य उपचारपछि पोखरा लगियो । उपचारपछि पाईजा निको भए ।

खार प्रहरी चौकीका अनुसार खार बजारबाट भिमगिठेतर्फ जाँदै गरेको गाउँपालिकाको ध १ ब २८० नम्बरको मोटरसाइकल रोकिराखेको लु१त ६७४० नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो ।

गाउँपालिकाले वडा सदस्यका लागि कुनैपनि मोटरसाइकल उपलव्ध गराएको छैन् । सवारी चालक अनुमतिपत्र नभएका पाईजाले चलाएको मोटरसाइल दुर्घटनामा उनी आँफै घाईते भएभने गाउँपालिकाको मोटरसाइकलमा क्षति पुगेको छ ।

उक्त घटना भएको दुई महिना नबित्दै गाँउपालिकाकै अर्को एक मोटरसाइकल दुर्घटना भयो । दुर्घटना माघ १७ गते साँझकै समयमा भयो । दुर्घटनामा चालक गाउँपालिकाका सव–इन्जिनियर मोहन रमौली घाईते भएभने खारबजारदेखि खाल जाँदै गरेको पालिकाको ध१ब ६२३ नम्बरको मोटरसाइकलमा सवार बडिगाड-५ खारका ३९ बर्षिय कमल जिसी (महेन्द्र)को ज्यान नै गयो ।

लाइसेन्ससमेत नभएका रमौलीको चलाएको मोटरसाइकलबाट जिसीको ज्यान गएपछि र कार्यालय समयभन्दा पछाडि भएका यी दुई दुर्घटनाबारे सर्वसाधारणले चासो देखाएका छन् । सवारी चालक अनुमति पत्र नै नभएकाहरुले सिक्नकै लागि पालिकाको मोटरसाइकल दुरुपयोग गरेका हुन् । तर, गाउँपालिकाले भने दुर्घटनाको विषयमा न चासो राखेको छ न सर्वसाधारणको प्रश्नमा चित्तबुझ्दो जवाफ दिने गरेको छ ।

सरकारी साधनको दुरुपयोगमा पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले दिएको जावाफ गैरजिम्मेवार भएको भन्दै गत सोमबार स्थानीय युवाको एक समूहले पालिका उपाध्यक्ष भिमसेन बनलाई ध्यानाकर्षण पत्रसमेत बुझायो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी र मोटरसाइकल चालक मोहन रमौलीलाई कारबाहीको माग गर्दै पत्र बुझाइएको राजनकुमार पाइजाले जानकारी दिए ।

‘सरकारी सम्पत्तिको दुरुपयोग र सवारी चालक अनुमतिपत्र नभएका कर्मचारीलाई मोटसाइकलको जिम्मा दिने अनुमतिकर्ता र चालकलाई कानुन अनुसार कारबाहीका लागि ध्यानाकर्षण पत्र बुझाएका छौं,’ उनले भने ।

यस्तै, गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सामाजिक सञ्जालमा दिएको गैरजिम्मेवारी अभिव्यक्तिप्रति दुुखित भएको बताउँदै निवेदनकर्ता रामबहादुर कुँवरले दोषीमाथि कारबाहीको माग र मृतक परिवारको रोजगारीको ग्यारेन्टीको लागि निवेदन दिइएको बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यलय बागलुङका सुचना अधिकारी गंगा बहादुर थापाले भने चालक मोहन रमौलीलाई नियन्त्रण लिइ सवारी ज्यान मुद्दाअन्तर्गत थुनामा राखिएको जानकारी दिए । गाँउपालिकाका उपाध्यक्ष भिमसेन बनले दुर्घटनाको विषयमा प्रश्न गर्दा विचाराधीन विषय भएकाले केही बोल्न नमिल्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->