बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

परिणाम आउने गरी काम गर्छौं: प्रहरी उपरीक्षक खड्का

परिणाम आउने गरी काम गर्छौं: प्रहरी उपरीक्षक खड्का


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७९, शनिबार

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रणका क्षेत्रमा परिणाम आउने गरी प्रहरीले आफ्ना गतिबिधि सञ्चालन गर्ने बताएका छन् ।

बागलुङमा बढ्दै गैरहेका चोरी, हत्या र लागुऔषध दूव्र्यसनी लगायतका घटनामा प्रहरीले गहिरो अध्ययन गरिरहेको भन्दै खड्काले सर्वसाधारणले महशुस गर्नेगरी नतिजा दिने बताए । केही दिनअघि लागुऔषध व्युरोबाट जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भई आएका खड्काले पत्रकारहरु सँगको भेटघाटमा आफ्ना योजनाबारे जानकारी गराउँदै थोरै जनशक्तिबाटै गुणात्मक प्रगति गर्ने योजना सुनाए ।

उनले शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सरोकारवाला सबै पक्षसँग सहकार्य गर्ने बताए । ‘हामीले काम गर्ने समुदायका लागि हो, समुदायमा अरु धेरै सरोकारवाला हुनुहुन्छ उहाँहरु पनि यही समुदायको लागि काम गर्नुहुन्छ’ खड्काले भने ‘हामीले गर्ने अपराध अनुसन्धान लोक सेवा आयोगको परीक्षा जस्तै हो, पास भए परिणाम आउँछ, फेल भए परिणाम सुन्य हुन्छ ।’

खड्काले आफु प्रहरी उपरीक्षक भएपछि पहिलो पटक जिल्लाको सुरक्षा व्यवस्थाको नेतृत्व पाएको भन्दै सिकाईसँगै काम कारवाही अघि बढाउने बताए । कालीगण्डकी नदिमा भइरहेको दोहन, गाउँ तथा बजारमा भइरहेको चोरी, जुवातास लगायतका घटनामा प्रहरी प्रशासन चनाखो बन्ने उनले बताए ।

खड्काले प्रहरी प्रशासनको नेतृत्व गर्ने ब्यक्ति दबाब, प्रभाव र अभावबाट मुक्त हुनुपर्ने भन्दै आँफु कुनै पनि दबाव र प्रभावमा नपर्ने बताए । कार्यक्रमा सुचना अधिकारी गंगा बहादुर थापाले पत्रकारलाई सहि सुचना समयमै दिने प्रतिबद्धता जनाएका थिए । अन्तरक्रिया कार्यक्रमको संचालन जिल्ला प्रहरी निरीक्षक भुपेन्द्र गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->