बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ रेडक्रसको सभापतिमा जगन्नाथ आचार्य सर्वसम्मत

बागलुङ रेडक्रसको सभापतिमा जगन्नाथ आचार्य सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७९, शनिबार

बागलुङ / नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको सभापतिमा जगन्नाथ आचार्य निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न ३३ औं जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका हुन् ।

शाखाको उपसभापतिमा राजेन्द्र आचार्य र सीता शर्मा, मन्त्रीमा भवानी प्रसाद कँडेल, कोषाध्यक्षमा जीवननाथ शर्मा, उपमन्त्रीमा ढालेन्द्र गौतम र उपकोषाध्यक्षमा तेज प्रसाद शर्मा पनि सर्वसम्मत चयन भएका छन् ।

शाखाको सदस्यहरुमा कृष्णप्रसाद आचार्य, गोविन्द प्रसाद पौडेल, तेजेन्द्र आचार्य, पूर्णभद्र निउरे, माया पाण्डे रेग्मी, यामदत्त कँडेल, शोभाकर सुवेदी, धनमाया खड्काथोकी, माया कुमारी केसी र त्रिकला थापा चयन भएका छन् ।

सभापतिका लागि जब्बर बहादुर लामिछाने र जगन्नाथ आचार्यको उम्मेदवारी परेको थियो । तिन कार्यकाल सभापति भएका लामिछानेले उम्मेदवारी फिर्ता गरेपछि आचार्यको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->