बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तीन कार्यालय प्रमुखलाई मिलन केन्द्रको स्वागत

तीन कार्यालय प्रमुखलाई मिलन केन्द्रको स्वागत


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७९, आइतबार

बागलुङ / कर्मचारी मिलन केन्द्र बागलुङले जिल्लामा नवआगन्तुक ३ जना कार्यालय प्रमुखलाई स्वागत गरेको छ । केन्द्रले प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, योगेन्द्र कुमार खड्का र जनस्वास्थ्य प्रमुख प्रविण शर्मालाई स्वागत गरेको हो । तीनै जना कार्यालय प्रमुखलाई मिलन केन्द्रका अध्यक्ष कुस्मराज उपाध्यायले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।

स्वागत समारोहमा बोल्दै जिल्ला अदालतका न्यायाधिस डा. दिवाकर भट्टले जिल्लाको बस्तुस्थितिबारे जानकारी गराउँदै ऐन नियम र कानूनबमोजिम कुशलतापूर्वक आफ्नो कार्यभार सम्हाल्न आग्रह गरेका थिए ।

नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा र जनतालाई सुशासनको प्रत्याभूती गराउन आफु प्रतिबद्ध रहेको बताइन् ।

त्यस्तै, प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का र जनस्वास्थ्य प्रमुख प्रविण शर्माले सबैसँग सहकार्य गर्दै कुशलतापूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्वता जनाएका थिए ।

कार्यक्रम केन्द्रका अध्यक्ष कुश्मराज उपाध्यायको अध्यक्षता, साल्ट्र टेडिङ कर्पोरेशन बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठको स्वागत र सदस्य घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->