बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिद्यामन्दिर माबिको ८२ औं वार्षिकोत्सव सकियो

बिद्यामन्दिर माबिको ८२ औं वार्षिकोत्सव सकियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७९, मंगलबार

बागलुङ/ बिद्यामन्दिर माबिको ८२ औं बार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । मुल समारोहमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बिद्यामन्दिर र बागलुङको शिक्षा एकआपसका पुरक भएको बताएका छन् ।

उनले जिल्लाकै जेठो र नेपालकै अग्रणी बिद्यालयले नेपालको सर्बोच्च अदालतको प्रधानन्यायाधिसदेखि उच्च प्रशासक र राजनीतिज्ञ पनि उत्पादन गरेको भन्दै राज्यलाई पनि यो बिद्यालयले योगदान गरेको बताए ।

कार्यक्रममा राजनीतिक दलका अगुवा, समाजसेवी, शिक्षासेवी तथा पूर्व शिक्षकहरुले बिद्यालयको छवि उचो बनाउन शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । अधिकांसले पूर्वाधार र बिद्यार्थी संख्याले राम्रो रहेको विद्यालयलाई गुणस्तरमा अब्बल बनाउन सकेमा देशकै नमूना बिद्यालय हुने धारणा राखेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षता, शिक्षक भीम प्रसाद उपाध्यायको संचालनमा सम्पन्न मुल समारोहमा नगर शिक्षा अधिकारी धन प्रसाद सापकोटा, एमाले अध्यक्ष हिरा बहादुर केसी, माओवादीका यज्ञबल्लभ शर्मा, पूर्व प्रअ, समाजसेवी, चन्दादाता लगायतले मन्तव्य राखेका थिए ।

उक्त अबसरमा पूर्व प्रअहरु, दिर्घ सेवा, बिशिष्ट योगदान दिने व्यक्तित्व र उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
बिद्यामन्दिरमा खुला बिद्यालयसमेत संचालित छ । ती समेत गरी १ हजार ३ सय ५१ जना बिद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक शान्तमणी ढकालले जानकारी दिए । उनले बिद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयलाई सफल बनाउन कुशल व्यवस्थापनमा जोड दिनुपर्ने जोड दिए ।

बिद्यालयको वार्षिकोत्सवको अबसरमा विबिध खेलकुँद प्रतियोगिता, लोकगीत संगीत, नृत्य प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न भएका थिए । ती कार्यक्रमका बिजयी टिमलाई मुल समारोहमा पुरस्कार तथा प्रमाणपत्र दिइयो ।

बिद्यामन्दिर माबिले कक्षा ११ र १२ तर्फ बिज्ञान, मानविकी, शिक्षा र व्यवस्थापन संकाय संचालन गर्दै आएको छ । बिद्यालयमा छात्राबास समेत भएकोले अपांग, बिपन्न र भौगोलिक कठिनाइका कारण घरबाट आउन नसकेका बिद्यार्थी छात्रावासमा बसेर अध्ययन गर्न पाएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->