बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गण्डकी सरकार स्थापना दिवसको अवसरमा भोलि प्रदेशभर सार्वजनिक विदा

गण्डकी सरकार स्थापना दिवसको अवसरमा भोलि प्रदेशभर सार्वजनिक विदा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०७९, बुधबार
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय। तस्वीर: ढोरपाटन

पोखरा / गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा भोलि (४ गते) प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । २०७९ सालमा प्रदेशले दिने सार्वजनिक विदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको छ ।

गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो । विदाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित छ । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिनसक्छ ।

गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषदले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैंमा विदा दिने निर्णय गरेको थियो ।

संघ सरकारले फागुन १ गते जनयुद्ध दिवसमा विदा दिएको थियो । त्यसअघि माघ १ गते पोखरामा जहाज दुर्घटना भएपछि २ गते शोकविदा दिएको थियो । त्यसो त सरकारले लोकतन्त्रपछि पहिलोपटक पुस २७ गते पृथ्वी जयन्तीको विदा दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->