पोखरा / नेकपा एमाले गण्डकीले ‘मिसन ग्रासरुट’ अभियान शुक्रवारदेखि सुरु गरेको छ । एमालेका अध्यक्ष केपि शर्मा ओलीले दिउसो पौने १ बजे सात वटा भौगोलिक प्रदेश र एक वटा विशेष प्रदेशमा आयोजना गरिएको कार्यक्रमको एकसाथ भर्चुअल उदघाट्न गरे ।
एमाले गण्डकी प्रदेश कमिटीले मिसन ग्रासरुट अभियानको पहिलो कार्यक्रम पोखरामा गरेको छ । प्रदेश स्तरीय कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष एवं अभिमुखीकरणका सहजकर्ता युवराज ज्ञवालीले मिसन ग्रासरुट अभियानको औचित्य र पार्टी निर्माणका सवालमा कार्यकर्तालाई निर्देशनात्मक प्रशिक्षण दिए । उ
नले कम्युनिष्ट पार्टी समाजवाद स्थापना लागि जुट्नु पर्ने बताउदै पार्टीभित्र मौलाउदै गएको सांस्कृतिक विचलनका वारेमा लड्नुपर्ने वताए । अभियानलाई पार्टी निर्माणका लागि प्रभावकारी बनाउन केन्द्रिय सदस्य र प्रदेश कमिटीका नेताहरुलाई निर्देशन दिदै उपाध्यक्ष ज्ञवालीले द्धन्द्धात्मक भौतिक मान्नेहरुले हरेक काम र घट्नामा आलोचनात्मक दृष्टिकोण राख्न सक्नुपर्ने वताए ।

दुई महिनासम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानमा पार्टी सुदृढीकरण विस्तार अभियान सञ्चालन गरिने पार्टीका केन्द्रिय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले वताईन । उनले समग्र प्रदेशको कार्ययोजना वताउदै त्यसलाई अक्षरस कार्यान्वयन गर्न केन्द्रिय सदस्यहरुलाई निर्देशन दिईन । ‘यो काम पार्टी निर्माणका लागि कोशे ढुंगा सावित हुनेछ’, सचिव अर्यालले भनिन्, ‘हजुरहरुले दुई महिनासम्म सञ्चालन गर्ने पार्टी कामले एमालेको सुन्दर भविष्य निर्माण गर्नेछ ।’
एमाले पोलिटब्यूरो सदस्य जगत विश्वकर्माले मिसन ग्रासरुट अभियान पार्टीको सवैभन्दा तल्लो तहसम्म अर्थात जनताको घरदैलोमा पुग्ने अभियान भएकोले यसको औचित्य परिणाममा देखिने वताए । अभियान अन्तरगतको शुक्रवारको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, केन्द्रिय निकाय, प्रदेश कमिटीका सचिवालय सदस्यहरु र जनवर्गिय संगठनका प्रदेश अध्यक्षहरुलाई अभिमुखीकरण गरिएको थियो ।
ग्रासरुट अभियान अन्तरगत फागुन ६ गते प्रदेश कमिटीको बैठक वस्नेछ । फागुन ७ देखि १५ गतेसम्म सवै जिल्ला कमिटीका भेला, बैठक र प्रशिक्षण सञ्चालन हुनेछन् । १६ गतेदेखि २० गतेसम्म सवै पालिकाहरुमा भेला, बैठक र प्रशिक्षण सञ्चालन गरिने प्रदेश प्रचार विभाग प्रमुख रश्मी आचार्यले जानकारी दिए ।

फागुन २१ गते शहिद दिवसका अवसरमा सवै पालिकाहरुमा सिर्जनात्मक कामसहित जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिनेछ । फागुन २२ गतेदेखि वि.सं.२०८० बैशाख ३ गतेसम्म पालिका र वडास्तरमा भेला, बैठक, प्रशिक्षण, पार्टी प्रवेश, सदस्यता वितरण र नविकरण, जनवर्गिय संगठनहरुको भेला, प्रशिक्षण र कमिटी निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिने गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए ।
बैशाख ४ र ५ गते समग्र अभियानका प्रतिवेदन तयार गरी केन्द्र र प्रदेशमा वुझाईने छ भने काठमाडौंमा समापन कार्यक्रम गरिने एमालेले जनाएको छ ।
एमालेविरुद्ध रचिने चक्रब्यूहलाई तोडेर अघि बढ्नुर्पछ: अध्यक्ष ओली
यसैविच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई तोडेर अघि जानुपर्ने बताए ।
‘मिसन ग्रासरुट दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको शुक्रवार भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्ने गरी तयारी मिसन फिप्टी वान मा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौं, आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न,’ पार्टी अध्यक्ष ओलीले भने, ‘उनीहरुको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ ।’अस्वस्थ प्रतिस्पर्धाहरुलाई पराजित गर्न सक्ने गरी तयार हुनुपर्ने उनले बताए । पार्टी हितको पक्षमा नउभिने नेता कार्यकर्तालाई पार्टीले पनि हित नगर्ने उनले बताए । ओलीले अघि भने, ‘हामीले पार्टीको अहित ग¥र्यौं भने उसको पनि हित हुँदैन । एमालेको रक्षा जसले गछौैं, एमालेले तिनको रक्षा गर्छ ।’
अब हुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढि स्थानमा पार्टीलाई विजयी गराउने गरी ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको उनले बताए । दुई महिने अभियानबारे प्रष्ट पार्दै एमाले अध्यक्ष ओलीले भने, ‘यो दुई महिने अभियान नै आगामी ४ वर्षको अभियान हो । त्यसको जग बनाउने छ यसले । सोही अुनसार खट्नुहोस ।’ सोही कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले मिसन ग्रासरुट अभियानको औचित्यका वारेमा वताएका थिए ।





