बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

प्रदेश कमिटी बैठकमा एमाले नेताहरुको गर्जन: ‘कम्युनिष्टशैली अपनाउनै पर्छ’

प्रदेश कमिटी बैठकमा एमाले नेताहरुको गर्जन: ‘कम्युनिष्टशैली अपनाउनै पर्छ’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७९, शनिबार

पोखरा / शुक्रवारदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको नेकपा एमाले गण्डकीले शनिवार पोखरामा प्रदेश कमिटीको बैठक आयोजना गर्यो । बैठकमा एमालेका केन्द्रिय उपाध्यक्षदेखि स्थायी कमिटीका सदस्यसम्मले सम्बोधन गरे । हलभरी खचाखच भरिएका कार्यकर्ताहरुको अगाडि सम्बोधन गरेका नेताहरुले एमालेलाई साच्चिकै कम्युनिष्ट पार्टी बनाउने संकल्प गरे ।

पार्टीभित्र गैरकम्युनिष्ट चरित्र हुर्किदै गएकोप्रति चिन्ता गरेका कार्यकर्ताहरुलाई नेताहरुले कम्युनिष्ट आचारणमा वस्न निर्देशन मात्रै दिएनन्, गाउँ गाउँमा अभियान लिएर जाने केन्द्रिय सदस्य र प्रदेश कमिटीका सदस्यहरुलाई होटल र रेष्टुरेन्टमा नवसी जनताको घरमै वसेर संगै खाना समेत आग्रह गरे । छोड्दै गएको कम्युनिष्ट आचारण, कार्यशैली र ब्यवहारलाई सुधार्न आग्रह गर्दै नेताहरुले एक स्वरमा भने, ‘अव कम्युनिष्टशैली अपनाउनैपर्छ ।’

पार्टीलाई लेनिनवादी संगठानात्मक सिद्धान्त उलंघन गर्ने छुट नभएको भन्दै उनीहरुले समाजवादको यात्रा तय गर्न संगठित र अनुशासित पार्टी कार्यकर्ताको आवश्यकता पर्ने औल्याए । आर्थिक रुपमा मजवुद बन्न नेता र कार्यकर्ता सवै उत्पादनमा जोडिन समेत निर्देशन गरे ।

मिसन ग्रासरुट अभियान मार्फत पार्टी सुदृढीकरण र विस्तार अभियान तिव्र पार्नुपर्ने वताउदै करीव आधा दर्जन केन्द्रिय नेताहरुले विषयगत प्रशिक्षण दिए । पार्टीका केन्द्रिय उपाध्यक्ष तथा अभियानका गण्डकी अभिमुखीकर्ता युवराज ज्ञवालीले मिसन ग्रासरुट अभियानमा पार्टीका सवै कमिटी र जनवर्गिय संगठन चलायमान हुने बताए । उनले समाजवाद स्थापनाका लागि एमालेले नै पहलकदमी लिने वताउदै त्यसका लागि एमालेको नेतृत्वमा सरकार निर्माण आवश्यक भएको औल्याए ।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीमा अन्य संगठनबाट प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई जिम्मेवारी दिदै संगठानात्मक पद्धतिमा ढाल्न सक्नुपर्ने वताए । एमाले सचिव पद्मा अर्यालले नेता कार्यकर्ता कम्युनिष्ट चरित्रमा लेस हुनैपर्ने वताउदै त्यसका लागि सवैपक्ष सुध्रिन आवश्यक भएको वताईन ।

बैठकमा एमाले स्थायी कमिटीका सदस्य एवं मुख्यमन्त्री खगराज अधिकारी, स्थायी कमिटी सदस्य किरण गुरुङ र थममाया थापाले पनि बिषयगत प्रशिक्षण दिएको गण्डकी प्रदेश कमिटीका प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए ।

प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष मोहन रेग्मीले स्वागत मन्तब्य र सचिव धनन्जय दवाडीले सञ्चालन गरेका थिए । प्रदेश कमिटी बैठकले मिसन ग्रासरुट अभियानको दुई महिने कार्ययोजना निर्माण गर्दै नेताहरुको कार्यक्षेत्र तोकेको सचिव दवाडीले जानकारी दिए ।

बैठकले फागुन ७ देखि १५ गतेसम्म सवै जिल्ला कमिटीका भेला, बैठक र प्रशिक्षण सञ्चालन गर्ने, १६ गतेदेखि २० गतेसम्म सवै पालिकाहरुमा भेला, बैठक र प्रशिक्षण सञ्चालन गर्ने र फागुन २१ गते शहिद दिवसका अवसरमा सवै पालिकाहरुमा सिर्जनात्मक कामसहित जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।

फागुन २२ गतेदेखि वि.सं.२०८० बैशाख ३ गतेसम्म पालिका र वडास्तरमा भेला, बैठक, प्रशिक्षण, पार्टी प्रवेश, सदस्यता वितरण र नविकरण, जनवर्गिय संगठनहरुको भेला, प्रशिक्षण र कमिटी निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिने गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए । बैशाख ४ र ५ गते समग्र अभियानका प्रतिवेदन तयार गरी प्रदेशमा वुझाउन अभियान खटिने नेता र जिल्ला अध्यक्षहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->