बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

दलित आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बनाउनुपर्नेमा जोड

दलित आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बनाउनुपर्नेमा जोड


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०७९, सोमबार

पोखरा/ दलित आन्दोलनको बहसलाई रचनात्मक र सिर्जनात्मक बनाउन सांसदहरुले आग्रह गरेका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्र, प्रदेश र जिल्लाको संयुक्त आयोजनामा भएको दलित आन्दो.लन र आरक्षण नीति विषयक गोष्ठीमा बोल्दै वक्ताहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले दलित आन्दोलनलाई आफुले दलभन्दा माथि उठेर सुरुदेखि नै अंगालेको जिकिर गरे । उनले दलित हक हित र अधिकारका लागि गर्नुपर्ने आवश्यक कामहरुको निर्देशन र सुझाव दिन अनुरोधसमेत गरे । आफू मुख्यमन्त्री हुने अवस्था नरहँदा राजनैतिक घटनाका कारण नसोचेको भएको र मुख्यमन्त्री हुँदै गर्दा गोष्ठीबाट आउने हरेक शब्दको सम्बोधन गर्ने बताए । उनले संविधान बनाउँदासमस्या रहेकाले दलित अधिकारको प्रत्याभूत अहिलेसम्म हुन नसकेको सुनाए ।

धार्मिक ग्रन्थमा कुनै जातीय विभेद नभएको तर विश्वमाा जसले राम्रो काम ग¥यो उसैलाई दलित भनि हेपिएको बताए । ‘यो बहसलाई रचनात्मक र सिर्जनात्मक बनाऔं । हामीले उपभोग गर्ने हरेक सामान बनाउने कला भएका महान व्यक्तिहरु दलित कहलिए,’ उनले भने,‘मेरो प्राथमिकतामा यो आन्दोलन पर्छ । दलभन्दा माथि उठेर यो आन्दोलमा साथ हिजो पनि साथ दिएँ, आजपनि दिन्छु र भोलि पनि ।’ सोेही क्रममा बोल्दै उनले गण्डकी प्रदेशकै जिल्ला जानका लागि अन्य प्रदेशबाट जान बाध्य भएको र अब आफ्नै प्रदेशको बाटो प्रयोग गर्ने सुनाए । उनले गण्डकीका दलित,शहीदको सपनालाई आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्तै गण्डकीका अर्थमन्त्री सीताकुमारी सुन्दासले दलितहरुले अब नेतृत्वदायी भूूमिकामा आउने प्रयत्न गर्नुपर्ने बताइन् । अहिले दलितहरु नीति निर्माण गर्ने स्थानमा रहेको र अब प्रशासनिक क्षेत्रमा समेत दलित उपस्थिति हुन जरुरी रहेको उनको भनाइ थियो । ‘हामी नीति निमार्ण गर्ने ठाउँमा पुुगेका छौं । निष्ठाले लाग्न जरुरी छ । हिजो हाम्रा शहीदले देखेको सपना र खेलेको भूमिकालाई सफल बनाउन हामी असल र सभ्य भएर लाग्नुपर्ने छ,’ उनले भनिन्, ‘ अब प्रेरणाको काम गर्नुपर्ने बेला भएको छ । राजनीतिमा दलितको मुक्तिका लागि लड्नुुपर्छ ।

लेखनबाट समेत एक ठाउँमा उभिएर काम गरौं ।’ उनले समानातामा आधारित समाज सिर्जनाका लागि काम गर्न जरुरी रहेको स्पष्ट पारिन् । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले पहुँचको आधारमा अन्य जातले स्थान पाउँदा दलित भएकै कारण क्षमता भएर पनि मिडिया क्षेत्रमा उचित ठाउँ नपाएको गुनासो पोखे । ‘दलितले क्षमताको आधारमा पनि ठाउँ पाएनन् । पहुँचको आधारमा आफ्नो जातिको मानिसलाई मात्र स्थान दिइयो । मिडिया क्षेत्रमा समेत क्षमता भएका दलित जातिका व्यक्तिहरुले उचित ठाउँ पाउन सकेनन्,’ उनले भने,‘ सात दशक पुगेको नेपाल पत्रकार महासंघका दलित कोटा भन्दा बाहिरको निष्पक्ष भएर दलित कहिले आउन सक्छ ? कोटाको विषयमा बेलाबेलामा आउने बहस प्रति सबै एक भएर बहस गर्न आवश्यक छ ।’

उनले अब राजनीतिक दलमा विद्रोह गर्न आवश्यक रहेको सुनाए । संविधानसभा सदस्य परशुराम रम्तेलले दलितका मुद्दाहरुलाई कसरी अगाडि बढाउने र दलित भन्ने वित्तिकै मनोबल घटाउने काम गरिदै आएको बताए । उनले दलितप्रति स्पष्ट कानून निर्माण नहुँदा समस्या आएको सुनाए । उनले सुरक्षित राजनीतिक प्रणाली लागू गर्नुपर्ने समेत बताए ।

। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अब आरक्षणबाट नभइ दलित समेत खुल्ला प्रतिस्पर्धाबाट लड्न सक्ने सामथ्र्यको हुनुपर्नेमा जोड दिए । उनले दलित शब्दमत्रै भएकाले परिवर्तनका लागि अब लडेरै जानुपर्ने बताए । उनले हिजोका दिनमा भेदभाव अन्त्यका लागि दलित आरक्षण अत्यावश्यक रहे पनि अब भने सिर्जनात्मक अभ्यास गर्दै अघि बढ्नुपर्ने सुनाए । सामाजिक परिवेशमा आजका दिनमा त्यो सम्भवन नभएपनि आगामी पुस्तामा भने त्यो सम्भावना रहेको बताए । उनले दलित अधिकारका लागि पोखरा महानगर सधैं तयार रहेको र हरेक कुरामा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘राज्यका हरेक तहमा आरक्षणबाट उपस्थिति गराइयो । अब आरक्षण होइन, हामीले खुल्ला प्रतिस्पर्धामा लड्न सक्ने ताकत राखेर जानुपर्छ,’ उनले भने,‘तपाईंहरुको यो बहसले जे निर्णय ल्याउँछ, त्यसको शब्द शब्द उचित ढंगले महानगरले समर्थन गर्छ ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजु नेपाली, नेपाली कांग्रेस केन्द्रीय नेता गुरु बराल, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पगेनी, दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष रेम विकलगायतले आफ्नो भनाइ रोखका थिए । कार्यक्रम संचालन दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष दीपक परियारले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->