बागलुङ/ चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङको २३ औं बार्षिकोत्सव अन्तरगत आईतबारदेखि सप्ताहव्यापी कार्यक्रमहरु सुरु भएका छन् । विद्यालयले आईतबारदेखि शुक्रबारसम्म बिबिध खेलकुद तथा रचनात्मक कार्यक्रमहरुको आयोजना गरी बार्षिकोत्सव मनाउन लागेको हो ।
विद्यार्थीको क्षमता बिकास, अभिभावकको विद्यालय प्रतिको चासोमा बिकास र शिक्षक कर्मचारीको कृयाशिलता बिकास हुने खालका कार्यक्रमहरु आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले बताए । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको विद्यालयले सबै कार्यक्रमहरु विद्यालय परिसरमानै गर्ने जनाएको छ ।
बार्षिकोत्सव अन्तरगत आईतबार माध्यामिक तह ११ र १२ का विद्यार्थीका बीचमा लङजम्प र निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएका छन् । आधारभूत तह र कक्षा ९ मा उच्चारण प्रतियोगिता, प्रावि तहमा छात्र फुटवल प्रतियोगिता र प्रावि तह कक्षा १–३ मा हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको श्रेष्ठले बताए । पूर्व प्राथमिक तहका विद्यार्थीहरुका बीचमा समेत बिबिध खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।





