बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाडमा ‘म पनि औषधि खान्छु’ अभियान

बडिगाडमा ‘म पनि औषधि खान्छु’ अभियान


  • अनिस पाठक
  • फाल्गुन ८ २०७९, सोमबार
फाईल तस्विर

बागलुङ/जिल्लाको वडिगाड गाउँपालिकाले हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन ‘म पनि औषधि खान्छु’ अभियान सुरु गर्ने भएको छ । जिल्लामा पटक पटक औषधि खाँदासमेत हात्तिपाइले रोग निवारण नभएको भन्दै गाउँपालिकाले लक्षित समुदायलाई आम औषधि सेवन कार्यक्रममा सहभागी गराउन ‘म पनि औषधि खान्छु’ अभियान सुरु गर्न लागेको हो ।

बागलुङमा आगामी फागुन ११ गतेबाट हात्तिपाईले रोग निवारणको लागि १४ औं पटक आम औषधि सेवन कार्यक्रम शुरु हुदैछ । सामान्यतया ६ वर्षसम्म लगातार औषधी सेवन गरेपछि यो रोग निवारण हुने गरेपनि बागलुङमा भने १३ औं पटक औषधि खाएपछि मात्रै हात्तिपाइले निवारण उन्मुख छ । यो पटकको आम औषधी सेवन कार्यक्रम अन्तिम बनाउने. लक्ष रहेको स्वास्थय कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् ।

बडिगाड गाँउपालिकाका विभिन्न स्थानमा रोगबारे सचेतना कार्यक्रमसंगै ‘म पनि औषधि खान्छु’ अभियान तिब्र बनाईएको हो । ‘म पनि औषधि खान्छु’ अभियानमा बडिगाडका सबै जनप्रतिनिधी, कमर्चारी, शिक्षक, स्वास्थयकर्मी, पत्रकार सबै प्रतिवद्ध रहेको कार्यक्रम संयोजक तथा स्वास्थय शाखा प्रमुख विपेन्द्र केसीले बताए । ‘औषधि सेवन अभियानमा पालिकाबाट आजजाउ गर्नेलाई मोबाईल टिमले औषधि वितरण गर्नेछ’, केसीले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->