बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रपति भण्डारी बुधबार बागलुङ आउँदै

राष्ट्रपति भण्डारी बुधबार बागलुङ आउँदै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७९, मंगलबार

बागलुङ/ राष्ट्रपति विद्यादेवी भण्डारी बुधार (भोली) बागलुङ आउँदै छिन् । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको निमन्त्रणामा उनी बागलुङ आउन लागेकी हुन् ।

गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवतीको दर्शनका लागि उनी बागलुङ आउन लागेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । बुधाबार बिहान दश बजे राष्ट्रपति कालिका भगवती मन्दिरमा पुजा गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिको भ्रमण पछि बागलुङ कालिकाको प्रचार प्रसार थप बढ्ने भएकाले भ्रमणका लागि निम्तो दिईएको खड्काले बताए । राष्ट्रपति भण्डारीले बागलुङ कालिकाको पहिलो पटक भ्रमण गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->