बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरेङले थाल्यो योजना बनाउनुपूर्व किसानसँग छलफल

बरेङले थाल्यो योजना बनाउनुपूर्व किसानसँग छलफल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७९, मंगलबार

बागलुङ/ कृषि तथा पशुजन्य उत्पादन बृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल थालेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व किसानसँग छलफल थालेको हो ।

किसानका समस्या एकातर्फ र गाउँपालिकाको बजेट तथा कार्यक्रम अर्कोतर्फ हुने गरेकाले किसानका समस्या पहिचान गर्न छलफल थालिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । बरेङले योजना निर्माण पूर्व व्यवसायीक किसानसँग छलफल थालेको यो पहिलो पटक हो ।

‘हामीले कृषि क्षेत्रमा धेरै लगानी गरिरहेका छौं, त्यसको प्रगति, किसान सन्तुष्ट छन् की छैनन् भनेर खोजी गर्न बिज्ञसहितको छलफल थालेका हौं’ अध्यक्ष शर्माले भने ‘हामीले कल्पना गरेका भन्दा फरक समस्या र चुनौतीहरु किसानले सुनाउनुभएको छ, अब योजना निर्माण गर्दा समस्याको समाधान गर्नेगरी काम गर्छौं ।’

शर्माले किसानको वास्तविक समस्या र चुनौती पहिचान भएको बताए । ‘हामीले गोठ व्यवस्थापनको योजना बनाउने, किसानलाई खोर व्यवस्थापन आवश्यक हुने’ उनले भने ‘बिउमल चाहिने बेला सिंचाई र सिंचाई चाहिने बेला बिउमलको चर्चा हुने परिपाटीको अन्त्य गर्न सम्बन्धित किसानसँगै छलफल थालिएको हो ।’

पालिकाले सोमबार ६३ जना व्यवसायीक किसानलाई भेला गरेर कृषि बिज्ञहरुसँग छलफल गराएको थियो । प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना बागलुङ, चितवन र ललितपुरमा कार्यरत कृषिबिज्ञ सुजित पौडेल, नारायण पौडेल, दिपक शर्मा, इन्द्र ढुंगाना, माधव पौडेलसँग किसानले छलफल गरेका थिए ।

किसानले उत्पादनमा एकरुपता नहुनु, बजारीकरणमा समस्या, उत्पादन समयमा बजार पु¥याउन नसक्दा लागत बढ्नु व्यवसायीक किसानका समस्या भएको बताए । ‘हामीले उत्पादन गरेका बंगुरले बजार पाउँदैनन्, बाहिरी बजारबाट आएको मासुले मुल्य घटाईदिन्छ’ किसान सन्त श्रीषले भने ‘थोरै उत्पादन बजार नपुग्ने, एउटै किसानले धेरै उत्पादन गर्न नसक्ने समस्या छ ।’ किसानले एकीकृत खेती प्रणाली, सामूहिक लगानी र उत्पादन तथा बजारीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

किसानले कृषिउपजको बजारीकरण सहज बनाउन सन्त श्रीषको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । किसानले कृषिउपज संकलन केन्द्र, बजारीकरण र उत्पादन लागतमा सहयोग गर्न पालिकालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->