बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पञ्चकोटमा विराट महायज्ञ सुरु

पञ्चकोटमा विराट महायज्ञ सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७९, बुधबार

बागलुङ/ बागलुङ नगरपालिका–६ स्थित सर्वशिद्धिधाम पञ्चकोटमा मंगलबारदेखि विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विराट महायज्ञ सुरु भएको छ । कोरोना महामारीका कारण ३ वर्षदेखि रोकिएको महायज्ञ यसपटक संचालन गरिएको हो ।

महायज्ञको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले धार्मिक गतिविधिमार्फत् पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने बताए । पञ्चकोटसंगै नगरक्षेत्रका धर्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सदैब नगरपालिकाको साथ रहने बताउँदै श्रेष्ठले भने, ‘समृद्धि र विकासमा सबै एकजुट हुनुपर्छ ।’

सो अवसरमा बागलुङ नगरपालिका वडा नं. १४ का वडाध्यक्ष चक्रबहादुर केसी, वडा नंं ६ का पूर्ववडाध्यक्ष खिमराज सापकोटा र पञ्चकोट विकास समितिका पूर्वप्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम महायज्ञ संचालन समितिका अध्यक्ष केशवबहादुर कार्कीको अध्यक्षता, वडा नं. ६ का अध्यक्ष रुद्र बहादुर केसीको स्वागत र पञ्चकोट परिषदका सचिव नारायण आचार्यको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो । महायज्ञ १५ गते सम्पन्न हुने पञ्चकोट विकास समितिले जनाएको छ ।

महायज्ञको हरेक दिन बिहान ६ बजे महायज्ञस्थलमा पुजन प्रारम्भ, दिउँसो १२ बजेदेखि १ बजेसम्म हरिनाम संकृतन, साढे १ बजेदेखी बिशेषकथा प्रवचन र साँझ ६ बजेटबाट विष्णु सहस्रनाम पाठ हुने समितिका अध्यक्ष केशवबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->