बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रपति भण्डारी बागलुङमा, अमर थापाले गरे स्वागत

राष्ट्रपति भण्डारी बागलुङमा, अमर थापाले गरे स्वागत


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७९, बुधबार

बागलुङ / राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ आईपुगेकी छन्। बागलुङ कालिका भगवतीको दर्शनका लागि राष्ट्रपति भण्डारी बुधबार विहान यहाँ आईपुगेकी हुन्।

उनी नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आईपुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे ।

राष्ट्रपति भण्डारीले बागलुङ कालिका मन्दिरको दर्शन तथा पूजापाठ गर्ने कार्यक्रम रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->