बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रपती भण्डारीद्वारा कालिका मन्दिरमा बिशेष पुजाअर्चना

राष्ट्रपती भण्डारीद्वारा कालिका मन्दिरमा बिशेष पुजाअर्चना


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७९, बुधबार

बागलुङ/ राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा बिशेष पुजाअर्चना गरेकी छन् ।

बुधबार बिहान १० बजे राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा बिशेष पुजाअर्चना गरेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान बागलुङ आएकी राष्ट्रपति भण्डारीले करिब १५ मिनेट बिशेष पुजाअर्चना गरेकी थिइन् ।

उनी बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको बिशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पुजाअर्चनाका लागि बागलुङ आउनुभएको गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर प्रबेशअघि गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापा, प्रदेशसभा सदस्यहरु कृष्ण पाठक, गोविन्द नेपाली, दिपेन्द्र थापा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ लगायत सर्वसाधारणले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले कालिकाको बिशेष पुजाअर्चनापछि मन्दिरका मुल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहण गरिन् । मुल पुजारी खड्काले उनलाई पुजाअर्चनामा सहयोग गरेका थिए ।

कालिका भगवती मन्दिरको दर्शपछि राष्ट्रपति भण्डारीले कालिका मन्दिरको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न आग्रह गरिन् । राष्ट्रपति भण्डारीले कालिका मन्दिरको बिशेष आगन्तुक पुस्तिकामा लेखेकी छन् ‘बागलुङ जिल्लामा अबस्थित यस प्रसिद्ध कालिका भगवतीको दर्शन गर्ने सु–अवसर प्राप्त भएकोमा म सार्है हर्षित छु, यो अबसर जुटाउने कालिका भगवती गुठीका संरक्षक तथा पदाधिकारीहरु, कर्मचारी एवं नागरिक समाजलाई बिषेश धन्यवाद दिन चाहन्छु, यो समितिले यस ऐतिहासिक र धार्मिक मन्दिरको संरक्षण, संवद्र्धन र प्रबद्र्धन मिलाउन विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले उनलाई कृतज्ञता पत्र र बिशेष मायाको चिनो दिएर बिदाई गरेको थियो । अध्यक्ष कुमार खड्काले कालिका मन्दिरको प्रचार प्रसार र बागलुङको बिकासका लागि राष्ट्रपतिको भ्रमण फलदायी भएको व्यहोरासहितको कृतज्ञतापत्र प्रदान गरेका थिए । पहिलो महिला राष्ट्रपतीद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै चुलिएर जाने गुठीले विश्वास गरेको छ ।

अहिले बागलुङ कालिका मन्दिरलाई पुननिर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिदै छ ।
बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ । राष्ट्रपतिको भ्रमणपछि दर्शनार्थीको संख्या थप बढ्ने विश्वास लिईएको छ । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजाआराधना गर्ने विश्वास गरिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->