बागलुङ/गौबधको आरोपमा बागलुङमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेबाट गाई वध गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
बिनामारेका डिलबहादुर परियारको गोठमा गाई वध गरेर मासु भाग लगाउँदै गरेको अबस्थामा प्रहरीले परियारसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजाराम खड्काले बताए । पक्राउ पर्नेहरुमा बिनामारेकै हरिबहादुर सार्की, बिसन दर्जी र टंकबहादुर सार्की रहेका छन् ।
उनीहरुबिरुद्ध पशुपंक्षी सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरिएको खड्काले बताए ।





