बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हाजिर जवाफमा न्यू एभरेष्ट प्रथम

हाजिर जवाफमा न्यू एभरेष्ट प्रथम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७९, बुधबार

बागलुङ/ न्यू एभेरेष्ट एकेडेमी बागलुङको १७ औं बार्षिकोउत्सवअन्तर्गत बुधबार भएको हाजिरजवाफ प्रतियोगितामा आयोजक न्यू एभरेष्टका दुई समुह प्रथम र द्वितीय भएका छन् । प्रतियोगितामा न्यू एभरेष्ट ‘ए’ प्रथम र समुह ‘बि’ द्वितीय भएका हुन् ।

प्रतिायोगितामा सहभागि रुद्रेपिपल माबि तृतिय र चिल्ड्रेनलाईफ इङ्लिस बोर्डिङ स्कुल र अमर आदर्श आमावि सान्त्वना भए । प्रतियोगितामा बागलुङ नगरपालिकाभित्रका संस्थागत र समुदायीक विद्यालयका १४ समुह सभागि भएका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिका–१ का वडाअध्यक्ष जय बहादुर खत्रीले शिक्षा सबैका लागि हुनुपर्ने बताए । समाजेसवी केवी राना मगरले अन्तराष्ट्रिय भाषाका कारण नेपाली भाषा ओझेलमा परेको भन्दै नेपाली भाषालाई माया गर्न विद्यार्थीलाई आग्रह गरेका थिए ।

बिहिबार हुने बार्षिकोत्सवको मुल समारोहमा उत्कृष्ट विद्यार्थी सम्मान, अभिभावक म्युजिकलचियर प्रतियोगिता, पुरस्कार वितरण, नृत्य, सामाजिक विकृतीलाई निरुत्साहित गर्ने नाटक मञ्चन, साइन्स एक्जिविसन प्रस्तुत गर्ने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->