बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पुँजीगत खर्च र आम्दानी दुवै बढाउनुपर्छ : मुख्यमन्त्री अधिकारी

पुँजीगत खर्च र आम्दानी दुवै बढाउनुपर्छ : मुख्यमन्त्री अधिकारी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०७९, बिहिबार

बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न आम्दानी र पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन् । प्रदेश संरचनाबिना संघीयताको मर्म पुरा नहुने भन्दै प्रदेशको औचित्य पुष्टि गर्न आफ्नो आम्दानी र बिकास निर्माणमा हुने खर्चमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

प्रदेश सरकारले संविधानले तोकेका अधिकारसमेत प्रयोग गर्न नपाउँदा नजिकको सरकार भएर पनि जनतालाई सुविधा दिन नसकेको अधिकारीले बताए । संघीय सरकारले एकल अधिकार प्रयोगमा प्रदेश सरकारलाई अंकुश लगाउने र साझा अधिकार प्रयोगमा संघीय सरकारकै उपस्थिती बढी हुँदा प्रदेशले सोचेजस्तो काम गर्न नसकेको उनको भनाई थियो ।

बिहिबार नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अधिकारीले निजामती कर्मचारी, प्रहरी र बित्तिय अधिकारसहितका अधिकारहरु कार्यान्वयन गर्न प्रदेश सरकारले पाउनुपर्ने बताए । उनले संघीय सरकारका कारण प्रदेश सरकार अस्थिर बन्ने वातावरण बन्न नहुनेमा जोड दिए ।

‘संघीय सरकारमा हलचल आउँदा प्रदेशमा पनि प्रभाव पर्छ, संघीयतामा यस्तो नहुनपर्ने हो’ अधिकारीले राष्ट्रिय राजनीतिलाई संकेत गर्दै भने ‘सरकार अस्थिर बन्ने वातावरण प्रदेशले अधिकार नपाउँदा बन्ने गरेको छ ।’ अधिकारीले आँफु सत्तामा हुँदा र सत्ता बाहिर रहँदा जहिले पनि प्रदेश बलियो बनाउनुपर्नेमा जोड दिने गरेको बताए । उनले संघीयता जोगाउन प्रदेश संरचना बलियो बनाउने सबैको एजेण्डा हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारले जहिले पनि जनताको नजिकमा रहेर उनीहरुकै हितमा काम गरिरहेको भन्दै प्रदेश सरकार माताहातका कार्यालय र संरचनालाई बलियो बनाउन आँफु क्रियाशिल रहेको बताए ।

बागलुङमा बिबादित बनेको कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाले प्रयोग गरेको भवनको बिषयलाई लिएर किसानको ज्ञापनपत्रदेखि संसदमा समेत आवाज उठेको भन्दै अधिकारीले उपयुक्त बिकल्पका बिषयमा छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->