बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ताराखोलाको इदीमा आगलागी हुँदा एक घर जल्यो

ताराखोलाको इदीमा आगलागी हुँदा एक घर जल्यो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७९, सोमबार
घरमा सल्किएको आगो निभाउँदै स्थानीय । शव्द तस्विर : सुश्मा कँडेल/ताराखोला

बागलुङ/ बिद्युत सट भएर आगलागी हुँदा बागलुङको ताराखोला गाउँपालिकामा एक घर जलेर नष्ट भएको छ । ताराखोला गाउँपालिका–३ इदीका डम्बर बहादुर थापाको घरमा आईतबार राती आगलागी भएको हो ।

राती ९ बजेबाट सुरु भएको आगलागीमा घर जलेर नष्ट भएपछि मात्रै नियन्त्रणमा आएको थियो । थापाको परिवार नजिकै रहेको अर्को घरमा बस्ने भएकाले आगलागी भएको ढिलागरी जानकारी पाएका थिए । घरमा कोही पनि नरहेकाले मानविय क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ ।

घरमा भण्डारण गरी राखिएका खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थापाले बताए । दुईतले घरमा थापा परिवारले पौराणिक महत्वका भाडावर्तन, बर्षा यामका लागि खाद्यान्न र लत्ताकपडा राख्दै आएका थिए । छिमेकीले समेत आगलागी भएको पत्तो नपाउँदा समयमै आगो नियन्त्रण गर्न नसकिएको थापाले गुनासो गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->