बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मगर संघ स्थापना दिवस मनाइयो

मगर संघ स्थापना दिवस मनाइयो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०७९, मंगलबार

बागलुङ/ गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापाले देशमा भएका महत्वपूर्ण परिवर्तनमा मगर जातीको योगदान रहेको बताएकी छन् । मगर जातीको भेषभुषा, भाषा र संस्कृति संरक्षण र अधिकार प्राप्तिका लागि सबै एक ठाउँमा रहनुपर्ने उनको धारणा थियो ।

नेपालका आदिवासी जनजातीमध्ये सबैभन्दा ठुलो जनसंख्या रहेको मगर जातीलाई राज्यको मुलप्रवाहमा ल्याउन संघीय र प्रदेश सरकारको भूमिका रहने उनको धारणा थियो । ४१ औं मगर संघ स्थापना दिवस तथा मगर संघ बागलुङको नवौं अधिबेशनको सोमबार बागलुङमा उद्घाटन गर्दै थापाले आँफु रहेको प्रदेसभामा मगरका सवालहरुले स्थान पाउने बताईन् ।

प्रदेशसभा सदस्य लिलबहादुर थापाले मगर जातीको एकताबिना अधिकार प्राप्तीको लडाईं असम्भव रहेको बताए । उनले मगर जातीले बोकेको इतिहासको संरक्षण र अधिकार प्राप्तिका लागि सबै एकै ठाउँमा रहनुपर्नेमा जोड दिए । थापाले मगर जातीको संस्कृति, भाषा र परम्परालाई जोगाइराख्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य दिपेन्द्र थापाले नेपालको जनसंख्यामा तेस्रो स्थानमा रहेका मगरहरुको मुख्य पर्वमा सरकारी बिदा नपाएकोमा चिन्ता व्यक्त गरे । स–सानो जनसंख्या रहेका अन्य जातीका मुख्य पर्वहरुमा नेपाल सरकारले सार्वजनिक बिदा दिने तर मगरहरुको मुख्य पर्वहरुमा बिदा नदिएको उनको गुनासो थियो ।

प्रदेशसभा सदस्य कुशुम बुढा मगर, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगर, समाजसेवी केबी राना मगर लगायतले बोलेका थिए । मगर संघ बागलुङका अध्यक्ष गणेश थापाको अध्यक्षता, सचिव श्याम पुनको सञ्चालन र जमुना श्रीसको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मगर समुदायबाट देशमा बिभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरु, मगर संघ बागलुङको भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । मुलसमारोह अघि मगरजातीसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको सकृयतामा निस्किएको ¥यालीले बागलुङ बजार परिक्रमा गरेको थियो । मगर संघ स्थापना दिवसकै अबसरमा बागलुङ नगरपालिका–२ मा रहेको संघको भवन उद्घाटन गरिएको थियो । संघको नवौं अधिबेशनले मंगलबार नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->