बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरेङमा भिरबाट लडेर विद्यालय हिँडेकी बालिकाको मृत्यु

बरेङमा भिरबाट लडेर विद्यालय हिँडेकी बालिकाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७९, बुधबार

बागलुङ/ जिल्लाको बरेङ गाउँपालिकामा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका बिष्णु घर्तीकी आठ वर्षीया छोरी प्रतिक्षा घर्ती मगरको मंगलबार भिरबाट लडेर ज्यान गएको हो ।

मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ । उनी धुल्लुबास्कोटको पञ्चरत्न प्राथमिक विद्यालय कक्षा १ मा अध्ययनरत थिईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->