बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्युत आयोजनाले सडक मिच्यो

विद्युत आयोजनाले सडक मिच्यो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७९, बुधबार

बागलुङ/ राष्ट्रिय राजमार्गको मापदण्ड सडकको बीचबाट २५ मिटर उल्लेख छ । तर, मध्यपहाडी लोकमार्गको बागलुङस्थित गलकोट नगरपालिका–११ को मनेवामा भने निजी कम्पनीले सडकको मापदण्ड मिचेको छ ।

लोकमार्गको झण्डै डेढकिमी लामो सडक मिचेर मनेवा दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आफ्ना संरचना बनाएको हो । कालोपत्रे भैसकेको सडक खनेर ध्वस्त भएको स्थानीयले गुनासो गरे । सडक मापदण्डमा कम्पनीले पाइपलाइन गाडेको छ ।

‘मनेवा दरमखोला हाइड्रो इजर्नी लिमिटेड’ले सडक नै मिचेर पाइपलाइन बिच्छ्याएकोमा स्थानीय र सरोकारवालाले पनि टिप्पणी गरेका छन् । कालोपत्रे सडक मात्रै ८ देखि ९ मीटर हुनुपर्नेमा सडक ५ देखि ६ मिटर पनि नछाडी पाइपलाइन बिच्छ्याउँदा दोहोरो सबारी गुड्नसमेत समस्या भएको सवारी चालकहरुले बताए ।

आयोजनाले सडकको अनुमति लिएर काम गरेको दाबी गरेको छ । ‘सडकको अनुमति लिएर पाइपलाइन बिच्छ्याएका हौं, मापदण्ड पालना गरेका छौं’ आयोजनाका संचालक निरज पुनले भने, ‘काम सकिएपछि सडकको मापदण्ड पुगेको देखिने छ ।’ निर्माणाधिन भएकोले सडक साँघुरो देखिएको उनले दाबी गरे ।

यो सडकको छेउतर्फ दरमखोला बगेको छ । पहाड काटेर खोलीएको सडकको ट्रयाकमै पाइपलाईन बिच्छ्याएपछि सडक साँघुरो भ्रएको हो । चार बर्षअघि यो खण्डमै ठूलो पहिरो गएर दरमखोला थुनिँदा सडक खुलाउन एक महिनाबढी लागेको थियो । सोही स्थानमा पाइपलाइन बिच्छ्याएपछि सडक साँघुरो भएको हो । ‘सडकको कारण खसेको पहिरो नरोकिंदै फेरी पाइपलाइन बिच्छ्याउँदा जोखिम भयो’, स्थानीय सन्तु रानाले भनिन्, ‘फेरि पहिरो खस्यो भने हाम्रो बस्ती र खेतबारी जोखिम हुनेछ ।’

लोकमार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले मापदण्ड मिचिएकोले काम रोक्न पत्राचार गरिएको बताएका छन् । ‘हामीले उहाँहरुलाई पत्राचार गरेका छौं, त्यसको बोदार्थ बिभागमा पनि पठाएका छौं’, भण्डारीले भने, ‘सडक बिभागको अनुमति लिएर काम गरेपनि सडकलाई अप्ठ्यारो पार्न पाईदैन ।’ केही खण्डमा भने पाइपलाइन सारिएको समेत उनले बताए ।

विभागले यसअघि लोकमार्ग कार्यालयलाई नै मापदण्डको अध्ययन गर्न लगाएको थियो । सडक भत्के बिग्रेको उस्तै बनाइदिनुपर्ने र सडकको सुरक्षा गर्नुपर्ने शर्तमा अनुमति दिएको एक कर्मचारीले बताए । ‘सवारी सवारी गुड्ने दोहोरो सडक, नाली बाहेकको खण्डमा पाइपलाइन बिच्छ्याउन पाइने भनेपनि उहाँहरुले नजिकै ल्याएर जोखिम बनाउनु भएको हो’ ती कर्मचारीले भने, ‘हाम्रो कुराको सुनुवाइ भएको छैन ।’

जिल्ला समन्वय प्रमुख अमर थापाले मापदण्डबितपरित काम भएकोले तत्काल रोक्नुपर्ने बताए । ‘यो बिषयमा प्रशासनले पनि चासो दिनुपर्छ’ उनले भने, ‘मैले आफ्नो क्षेत्रबँटपनि पहल गरेको छु, राष्ट्रिय लोकमार्गनै अवरोध हुने काम गर्न मिल्दैन ।’ थापाको जिज्ञाशामापनि भण्डारीले मापदण्ड मिचिएकोले पत्राचार गरेकोमा आयोजनाले चासो नदिएको टिप्पणी गरेका थिए । चारपटकसम्म पत्राचार गरेकोमा आयोजनाले वास्ता नगरी काम गरेको भण्डारीको भनाइ थियो । केही खण्डमा भने काम सच्याएको भन्दै भण्डारीले आयोजनालाई कडाइ गर्न चाहेनन् ।

यसअघि रिघा मनेवा दरमखोला जलविद्युत सहकारी संस्थामार्फत काम थालेको आयोजनाले बजेट पु¥याउन नसकेपछि कम्पनी मोडलमा गएर काम गर्दै आएको छ । १ अर्ब ८२ करोडको लागतमा बनाइने आयोजनामा ९० प्रतिशत कम्पनीको र १० प्रतिशत सर्वसाधारणको शेयरमा आयोजना बनाइने लक्ष छ । सहकारीको २० प्रतिशत लगानी रहेको अध्यक्ष गंगा भुजेलले बताए । आयोजनाले नेपाल बिद्युत प्राधिकरणसंग विद्युत खरिद सम्झौता समेत गरिसकेको छ । आयोजनाले बार्षिक ५ करोड युनिट बिद्युत उत्पादन गरेर ३० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->