बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रेश नुन्थलाको ६७ औं बार्षिकोत्सव

रेश नुन्थलाको ६७ औं बार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७९, बिहिबार

बागलुङ/ रेश नुन्थला माध्यमिक विद्यालय काठेखोला–७ बागलुङले बिबिध कार्यक्रमहरु गर्दै आफ्नो ६७ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले बार्षिकोत्सवको अबसरमा आन्तरीक प्रतियोगिताहरु आयोजना गरेको थियो ।

वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै काठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले पालिकालाई एउटा उत्कृष्ट शिक्षाको हब बनाउन नुन्थला मा.विको महत्वपुर्ण भुमिका रहेको बताए । थापाले व्यवहारिक शिक्षाका लागि विद्यालयहरुले विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप सँगै सामाजिक शिक्षा र कार्यमा निरन्तर जोड दिन आग्रह गरे ।

कार्यक्रममा काठेखोला गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम लामिछाने, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार डिल बहादुर कार्की, चित्र बहादुर कार्की, मिन बहादुर थापा, काठेखोला गाँउपालिकाका श्रोत व्यक्ति रामानन्द कंडेल, विद्यार्थी प्रमिशा गौतम लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->