बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोदालो प्रहार गरी श्रीमतीको हत्या

कोदालो प्रहार गरी श्रीमतीको हत्या


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७९, बिहिबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकमा कोदालो प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

दमेकका भलौदीका केशव नेपालीले श्रीमती राधा नेपालीलाई विहान आलु खन्ने क्रममा टाउकोमा कोदालो प्रहार गरी हत्या गरेका हुन ।

कोदालो प्रहार पछि गम्भिर घाईते राधालाई उपचारको लागि धौलागिरि अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते राधा अस्पताल आउँदा मृत अवस्थामा रहेको धौलागिरि अस्पताल बागलुङका निमित्त प्रमुख डाक्टर अमिट ढुङ्गानाले जानकारी दिए ।

‘‘घाईतेलाई अस्पताल ल्याउन साथ सिपिआर दिएको हो’’ उनले भने–‘‘उहाँको अस्पताल आउनु अघि नै मृत्यु भएको थियो ।’’ राधालाई अस्पतालले मृत घोषण गरेको छ ।

श्रीमतीलाई कोदालो प्रहारी गरी गम्भिर घाईते बनाए पछि केशवले आत्महत्याको प्रयास गरेका थिए । यद्यपी परिवारका सदस्यले उक्त घटना देखे पछि उद्दार गरेको वडाध्यक्ष प्रेम सापकोटाले जानकारी दिए ।

केवश पनि घाईते भएका छन् । उनलाई उपचारको लागि धौलागिरि अस्पताल लगिएको छ । मृतका एक छोरी र एक छोरा छन् । घटनाको कारण खुल्न सकेको छैन । केशवको उपचार पछि घटनाबारे अनुसन्धान हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->