बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘विपत् पछिको उद्धारमा साझेदारी आवश्यक’

‘विपत् पछिको उद्धारमा साझेदारी आवश्यक’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०७९, शुक्रबार

बागलुङ/गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले बिपत् पछिको उद्धार र व्यवस्थापनमा तीनै तहका सरकारको सझोदरी हुनुपर्ने बताएका छन् । विपत् व्यवस्थापनको लागि स्थानीय तहले संघ र प्रदेश सरकारबाट स्रोत प्राप्त गर्ने भएकाले सबै मिलेर विपत्को व्यवस्थापन गर्नुपर्ने उनको धारणा थियो ।

गाहाले स्थानीय तहसँग हातेमालो गरेर विपत् व्यवस्थापन पूर्वको तयारीका काम गर्न प्रदेश सरकार तयार रहेको बताए । विपत्को समय त्यसपछिको व्यवस्थापनमा सुरक्षा निकायको सबैभन्दा महत्वपूर्ण भूमिका हुने भन्दै उनले चारवटै सुरक्षा संगठनको निष्ठा र पेशाप्रतिको इमान्दारीताले हालसम्मका उपलव्धी हाँसिल गरेको बताए ।

सशस्त्र प्रहरी बल आश्रीत गुल्म बागलुङले बिपत् पछिको उद्धार र व्यवस्थापन बिषयमा कालिगण्डकी किनारमा आयोजना गरेको नमुना अभ्यासमा सहभागी हुन बागलुङ आएका मन्त्री गाहाले कर्तव्यनिष्ट राष्ट्रसेवकका कारण बिपत्का समयमा सरकारको उपस्थिती बलियो बनेको बताए । ‘अभाव, सीमित स्रोत र साधनका बीचमा पनि विपत्को व्यवस्थापनमा सुरक्षा निकायको सकृयता प्रशंसनीय छ, मन्त्रालय यहाँहरु प्रति आभारी छु,’ मन्त्री गाहाले भने,‘चारवटै सुरक्षा निकायलाई व्यवस्थीत बनाउनका लागि हामिले योजना बनाएर अघि बढ्नुपर्ने छ, प्रदेशले त्यो अभ्यास थालेको छ ।’

उनले विपत्को व्यवस्थापनमा खट्नेहरुका लागि आवश्यक अत्याधुनिक सामग्री र तालिमको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । सीमित स्रोतमा जोखिमको काम गर्नुपर्ने अवस्था रहेकाले बिपत् व्यवस्थापनको कामलाई हलुका रुपमा लिन नहुने उनको धारणा थियो ।

उनले एक फरक प्रसंगमा स्थानीय तहले निर्माण गर्न चाहेका गौरवाका योजनाहरुमा प्रदेश सरकार साझेदारी गर्न तयार रहेको बताए । देशको राजनीति अस्थिरतातर्फ उन्मुख रहेको संकेत गर्दै मन्त्री गाहाले सत्ता र कुर्सिमा जोकोही हुँदापनि जनताको काम गर्नुपर्ने भएकाले जनताको हितमा हुने विकासका काममा प्रदेश सरकार र स्थानीय सरकार नङ र मासुको सम्बन्ध जस्तै भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा ससस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका बाहिनी पति शम्भु सुवेदीले विपत्का बेला सशस्त्र प्रहरीले देखाएको कार्यकौशल प्रसंसनीय रहेको बताए । सुरक्षाका सबै संयन्त्रहरुसँगको सहकार्यमा विपत् पछिको उद्धारमा सशस्त्र प्रहरी अग्रस्थानमा रहने गरेको उनको दावी थियो । आश्रित गुल्मले कालिगण्डकी नदीमा ढुंगा पल्टिएपछि गरिने उद्धार, किनारका नागरीकहरुलाई नदीजन्य बिपत्का बेला गरिने उद्धार लगायत जलप्रकोपपछिको उद्धारका बारेमा नमुना अभ्यास गरिएको गरेको थियो । गोताखोरको खोजीको अभ्यास समेत कालिगण्डकी नदिमा गरिएको थियो । कार्यक्रम सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->