बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामाजिक विकाससँग जोडिएका असी भवन बन्दै

सामाजिक विकाससँग जोडिएका असी भवन बन्दै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७९, मंगलबार

बागलुङ/ जिल्लामा चालु आर्थिक बर्षमा ८० वटा सामुदायीक प्रकृतीका भवन निर्माण हुने भएका छन् । बिभिन्न सामाजिक संघसंस्था, मठमन्दिर तथा विद्यालय भवनसमेत गरी चालु आर्थिक बर्षमा सकिने गरी ८० भवन निर्माण थालिएको हो ।

सामाजिक बिकास कार्यालय बागलुङमार्फत जिल्लाका दशवटै पालिकामा पूर्वाधार बिकास कार्यक्रमअन्र्तगत ती भवन बन्ने छन् । ६ करोड ७० लाख रुपैयाँ खर्चेर सामुदायीक भवन निर्माणको काम थालिएको कार्यालय प्रमुख डम्मर बहादुर जिसीले बताए ।

जिसीका अनुसार हालसम्म बिनियोजितमध्ये ६० भवनको योजना सम्झौता भैसकेको छ । कार्यालयले फागुन मसान्तसम्म योजना सम्झौताका लागि समय उपलव्ध गराएको छ । ‘स–सानो बजेटबाट समुदायको बाक्लो उपस्थिती हुने ठाउँमा योजना छनोट गरिएको हो’ जिसीले भने ‘अघिल्लो बर्षभन्दा यो बर्ष मठमन्दिर बनाउने योजना धेरै छन् । अन्य सामुदायीक भवन र विद्यालय भवनको योजना पनि धेरै छन् ।’

बागलुङ नगरपालिका –बानपा)मा सबैभन्दा धेरै भवन बनाईंदै छ । बानपामा सामाजिक बिकास कार्यालयका २१ योजना छन् । ती योजनामा २ करोड १० लाख खर्च हुने छ । बानपामा ३० लाखमा मानवअधिकारका लागि एकल महिला समुहको भवन बन्दैछ भने आमा समुह, सामुदायीक प्रहरीको भवन र मन्दिर मर्मत तथा पुननिर्माण योजना छन् ।

सबैभन्दा कम योजना बरेङ र तमानखोला गाउँपालिकामा छन् । तीन÷तीन वटा भवनको योजना मात्रै रहेका गाउँपालिकामा २० लाख रुपैयाँका दरले बजेट खर्च हुने छ । तमानखोलामा दुई सामुदायीक भवन र एक मन्दिर निर्माणको योजना छ । बरेङमा भने मन्दिरको संरचना निर्माण र एक योजना बिद्यालयको पर्खाल निर्माणको रहेको छ ।

‘प्रदेशमा समाजिक विकास मन्त्रालयले बिनियोजन गरेका योजना हामीले कार्यान्वयन गर्ने हो, जनताको माग अनुसारका योजना जनप्रतिनिधिले छनोट गर्नुहुन्छ, सोही अनुसार बजेट आउँछ’ कार्यालय प्रमुख जिसी भन्छन् ।

जिल्लाको जैमिनीमा ६ योजनाका लागि ४५ लाख, ढोरपाटनमा ८ योजनाका लागि ४५ लाख, गलकोटमा ८ योजनाका लागि ६० लाख, काठेखोलामा १२ योजनाका लागि एक करोड ५२ लाख, ताराखोलामा ७ योजनाका लागि ५५ लाख, बडिगाडमा ८ योजनाका लागि ५५ लाख र निसीखोलामा ४ योजनाका लागि २५ लाख रुपैयाँ बिनियोजित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->