बैदाम प्रहरीले नियन्त्रणमा लिएका पोखरा उद्योग वाणिज्य संघका सदस्य, व्यवसायी भरत केसीलाई सोधपुछका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा लगिएको छ ।
जिल्ला प्रशासन कार्यालय र बैदाम प्रहरीको टोलीले आज पोखरा १७ पावरहाउस स्थित पावर हाउस रिसोर्टमा अनुगमन गर्ने क्रममा गैरकानूनी तरिकाले सर्वसाधारणबाट रकम असुली गर्दै हेरेर निको पार्ने भन्दै झापाका एक व्यक्ति जो आफुलाई सीमान्त गुरुको नामले परिचित गराउँदै लामो समयदेखी छोएर वा हेरेर जुनसुकै रोग पनि निको पार्ने भन्दै प्रचार गरेका थिए । उनैलाई केसीले पोखरा ल्याएका थिए ।





