बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मालढुंगाको प्रबेशद्वारले पायो संरक्षक

मालढुंगाको प्रबेशद्वारले पायो संरक्षक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७९, बुधबार

बागलुङ/ जिल्लाको एकमात्रै मालढुंगा प्रबेशद्वारले लामो समयपछि संरक्षक पाएको छ । जिल्ला समन्वय समिति बागलुङले प्रबेशद्वारको मर्मत गरेर संरक्षकत्व ग्रहण गरेको छ । प्रबेशद्वार मर्मतपछि चिटिक्क बनेको छ ।

बागलुङ प्रबेशको मुख्य नाका मालढुंगामा रहेको प्रवेशद्वार संरक्षणको अभावमा जिर्ण बनेको थियो । २०७४ साल यता मर्मत तथा रंगरोगन नभएर प्रवेशद्वार उजाडिएको थियो । मुख्य प्रबेशद्वारकै संरक्षण नभएको भन्दै आलोचना हुन थालेपछि जिल्ला समन्वय समितिले रंगरोगन र मर्मत गरेको हो ।

प्रबेशद्वारमा रहेका स–साना मन्दिरहरु जिर्ण बनेका थिएभने वनस्पती उम्रिएर हुर्किंदै थिए । प्रबेशद्वार कस्ले संरक्षण गर्ने भन्ने बिषयमानै अन्यौल भएकाले लामो समय रंगरोगन हुन नसकेको जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले बताए ।

‘हामीले एक/दुई बर्षअघिदेखि नै प्रबेशद्वार मर्मत र रंगरोगनका लागि प्रयास गरिरहेका थियौं तर लगत स्टमेट निकाल्ने इञ्जिनियरको अभावमा समय गुज्रियो’ गौतमले भने ‘अब प्रबेशद्वारको नियमित रेखदेख, रंगरोगन र मर्मतसम्भार हुन्छ ।’ भवन डिभिजन कार्यालयका इञ्जिनियरको सहायतामा लगत स्टमेत तयार भएपछि मर्मत तथा रंगरोगन गरिएको गौतमले बताए ।

४ लाख ५० हजार खर्चेर प्रबेशद्वारका मन्दिर मर्मत, रंगरोगन, प्रबेशद्वारमा चित्रहरु बनाउने लागयतका काम गरिएको हो । संघीयताको कार्यान्वयनसँगै तत्कालिन जिल्ला बिकास समितिले बनाएको प्रबेशद्वार नगरपालिकाले हेर्ने वा अन्य कुनै निकायको क्षेत्राधिकार हुने भन्ने अन्यौल थियो । जिल्लाकै महत्वको बिषय भएकाले जिससले संरक्षकत्व लिएको गौतमले बताए । पर्वत र बागलुङ जिल्लाको सिमाना कालीगण्डकी नदीमाथीको पक्कि पुलको बागलुङ तर्फको छेउमा प्रबेशद्वार रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->