बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यसरी सुरु भयो काठेखोलामा एमालेको ‘मिसन ग्रासरुट’ अभियान

यसरी सुरु भयो काठेखोलामा एमालेको ‘मिसन ग्रासरुट’ अभियान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७९, बुधबार

बागलुङ / नेकपा एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान जिल्लाको काँठेखोला गाउँपालिकामा बुधवारदेखि सुरु भएको छ । पालिका स्तरीय कार्यक्रमको एमालेका पोलिटब्यूरो सदस्य तथा अभियानका केन्द्रिय प्रतिनिधी जगत विश्वकर्माले एक कार्यक्रमविच पालिका कार्यालयबाट अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरे ।

अभियानको क्रममा पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई तिव्रता दिनुपर्ने वताउदै पोलिटब्यूरो सदस्य विश्वकर्माले कार्यकर्तालाई आत्मवलका साथ संगठन निर्माणमा जुट्न आग्रह गरे । ‘एमालेको मजवुत संगठनले नै मुलुकमा समाजवाद निर्माण गर्ने आधारहरु तय गर्नेछ’, नेता विश्वकर्माले भने, ‘यसका लागि कार्यकर्ताले आफ्नो जिम्मेवारीलाई जवाफदेहिताका साथ पुरा गर्नुपर्दछ ।’

ग्रासरुट कार्यक्रमका सम्पूर्ण काम वडातहमा केन्द्रित हुने वताउदै पोलिटब्यूरो सदस्य विश्वकर्माले सो अवधीमा सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, जनवर्गिय संगठन गठन, टोल समिति गठन, निर्माण र अग्रजहरुको सम्मान लगायतका कार्यक्रम गरिने वताए । उनले कार्यकर्ताहरुलाई उत्पादनमा जोडिन आग्रह गर्दै राष्ट्रिय पुँजीको विकास गरेर मात्रै समाजवादका आधारहरु निर्माण गर्न सकिने भएकाले आत्मनिर्भर बन्ने बाटो लाग्नुको विकल्प नरहेको औल्याए ।

सो अवसरमा एमालेका जिल्ला अध्यक्ष हिरावहादुर केसीले जिल्लामा एमालेको मजवुद संगठन भएको स्थानमा विपक्षीले आग्रमण गरिरहेको वताउदै काँठेखोलाको संगठन मजवुद र अनुशासित हुदाँहुँदै पनि निर्वाचनमा पराजित हुनुपरेको विषयलाई विर्सन नहुनेमा जोड दिए । उनले विपक्षको घेरावन्दीको विचमा पनि श्रेष्ठता हासिल गर्नेगरी जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

पालिका कमिटी अध्यक्ष डिलवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य गीता शर्मा, डिल्लीराज गौतम, बालकृष्ण कँडेल, हरिनारायण गौतम, हुमादेवी जिसी अन्जु लगायतले अभियानका वारेमा धारणा राखे । कार्यक्रमको सञ्चालन सचिव विद्यापति शर्माले र स्वागत नरवहादुर क्षेत्रीले गरेका थिए । पालिकास्तरीय बैठकले वडास्तरीय कार्यक्रम तय गरेको र अभियान आगामी बैशाख ५ सम्म जारी रहने सचिव शर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->