बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नारी दिवसमा प्रगतीको सहकारी शिक्षा

नारी दिवसमा प्रगतीको सहकारी शिक्षा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७९, बुधबार

बागलुङ/ १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवशका अवसरमा प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङले महिला शेयर सदस्यहरुका लागि सहकारी शिक्षा सञ्चालन गरेको छ । बागलुङ बजारको राधाकृष्ण मन्दिर सभाहलमा सञ्चालित सहकारी शिक्षामा १५० जना महिला शेयर सदस्यको सहभागिता रहेको थियो ।

सहकारीको बिषयमा महिला शेयर सदस्यहरुलाई जानकारी गराउने, उत्पादनसँग महिला शेयरसदस्यहरुलाई जोड्ने र सहकारी र महिला शेयर सदस्यको दुरी नजिक बनाउनका लागि सहकारी शिक्षा सञ्चालन गरिएको अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए । सहकारी शिक्षा कार्यक्रमको राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहकारीको अबस्था, सहकारीका कार्यक्रम र उपलव्धीहरुको बिषयमा अध्यक्ष पौडेलले जानकारी गराएका थिए । पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहकारीका उपाध्यक्ष तोयानाथ गौतम र सञ्चालन सञ्चालक सदस्य विजयराज पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->